नेपालमा रहेको रोजगारीको समस्यालाई अनलाइन मार्फत सहजीकरण तथा समाधान गर्ने उदेश्यले सार्वजनिक गरिएको नि:शुल्क जब पोर्टल रोजगारी सञ्जाल डटकम ले आफ्नो नयाँ भर्सन २.० सार्वजनिक गरेको छ ।
गत साउन १० गते रोजगारी सञ्जालको पहिलो भर्सन सार्वजनिक भएको थियो । रोजगारी सञ्जालको वेबसाइट मार्फत् कुनै पनि संघसंस्था, उद्योग, व्यावसायिक संगठनलगायतले कर्मचारीको आवश्यकता परेको खण्डमा निःशुल्क आफ्नो कम्पनीको खाता खोली विज्ञापन राख्न र जागिरको खोजीमा रहेको व्यक्तिको विवरण हेरी सिधै सम्पर्क गर्नसक्ने छन् ।
जागिरको खोजीमा रहेकाले पनि रोजगारी सञ्जालको वेबसाइटमा गइ व्यक्तिगत खाता खोलेर आफूलाई उपयुक्त हुने रोजगार छनोट गरी अप्लाई गर्न सक्ने छन् । भने आफ्नो रिजुम वेबसाइटमा पब्लिस गर्न सकिने छ ।
त्यस्तै मन परेको कम्पनीलाई फ्लो गरी नयाँ भ्याकेन्सीको बारेमा जानकारी लिन सकिनुका साथै आधुनिक शैलीको बायोडेटा डाउनलोड गर्न समेत सकिने छ ।
यी नयाँ सविधाहरुलाई सरल तथा सहज गराउनका लागि नया भर्सन सार्वजनिक गरिएको ग्रेफीयस टेक्नोलोजीका अध्यक्ष तथा रोजगारी संजाल डटकमका सीईओ देवेन्द्र नेपालले बताए । रोजगारी सञ्जालको मोबाइल एप अबको केहि समयमा सार्वजनिक हुने पनि उनले बताए ।