कीवर्डहरू -

लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्न एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता

लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्न एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसन बिच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने बिषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एसबी सोलुसनका अध्यक्ष बिपुल ढकालले हस्ताक्षर गरेका हुन् ।

एसबी सोलुसनको लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले आन्तरिक लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्छन । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।

एक्सेल डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था हो । बैंकका अहिले सम्म १ लाख भन्दा बढी ग्राहक र ३८ भन्दा बढी शाखाहरु रहेका छन् । एसबी सोलुसनले बैंकका प्रडक्टलाई अटोमेटेड र डिजिटाइज गर्ने सेवा प्रदान गर्दै आइरहेको छ ।