कीवर्डहरू -

डिशहोमले सुरु गर्‍यो फाइबर इन्टरनेट, स्याटेलाइट बाट पनि गाउँ गाउँमा इन्टरनेट सेवा दिने योजना

डिशहोमले सुरु गर्‍यो फाइबर इन्टरनेट, स्याटेलाइट बाट पनि गाउँ गाउँमा इन्टरनेट सेवा दिने योजना

डिशहोमले पनि इन्टरनेट सेवा दिन थालेको छ । फाइबर टू दी होम (एफटीटीएच) मार्फत डिशहोमले इन्टरनेट सेवा दिन थालेको हो ।

डिशहोम अहिले फाइबर नेटको विस्तारको क्रममा रहेको छ । डिशहोमले अहिसम्म ललितपुरको भैसेपाटी, काठमाडौंको बानेश्वर, तिनकुने र कपनमा इन्टरनेट सेवा दिएको छ ।

गत माघमा नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेपछि पहिलो चरणमा गत फागुनबाट डिशहोमले भैसेपाटीमा इन्टरनेट सेवा दिन सुरु गरेको थियो ।

अब काठमाडौं उपत्यकासँगै देशका अन्य शहरमा इन्टरनेट विस्तार गर्ने डिशहोमको योजना रहेको छ । यसको लागि कम्पनीले आफ्नो योजना अनुसार काम गरिरहेको छ ।

गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिन असहज हुने भएकाले कम्पनीले स्याटेलाइट मार्फत पनि इन्टरनेट सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ । तर यसको लागि भने केही समय लाग्नेछ ।