वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा फर्म रजिष्ट्रेसन तथा नवीकरण अब अनलाइनबाटै गर्न सकिने भएको छ । साउन २१ गतेदेखि अनलाइन प्रणालीको प्रारम्भ गरेको हो ।
पहिलो दिन नै ८ वटा व्यापारिक फर्मले अनलाइनमार्फत फर्म रजिष्ट्रेसन र नवीकरणका लागि आवेदन दिएका छन् । प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नविकरण, संशोधन र खारेजीका लागि विभागको वेबसाइट मा गई अनलाइन फर्म दर्ता भन्ने लिङ्कमा गएर निवेदन दिन र आवश्यक कागजात पेश गर्न सकिने छ ।
अनलाइन मार्फत सुरक्षित ढंगले सेवा लिने विकल्पलाई बढाउँदै लैजानका लागि प्रयोगकर्ताको म्यानुअललाई भिजुअलसहित तयार गर्ने र अन्य सुधारहरु गर्दै लगिने विभागले बताएको छ ।
साथै अनलाइन सेवा प्रवाह सहजीकरणको लागि विभागबाट जारी गरिएको युजर म्यानुअल वेबसाइटमा गएर हेर्न सकिने छ ।