कीवर्डहरू -

इन्स्टाग्रामले सार्वजनिक गर्‍यो रील्स फिचर, टिकटकमा जस्तै अडियो राखेर भिडियो बनाउन सकिने

इन्स्टाग्रामले सार्वजनिक गर्‍यो रील्स फिचर, टिकटकमा जस्तै अडियो राखेर भिडियो बनाउन सकिने

फेसबुकको स्वामित्व रहेको इन्स्टाग्रामले रील्स फिचर ल्याएको छ । यो फिचरबाट टिकटकमा जस्तै अडियो राखेर भिडियो बनाउन सकिने छ ।

यो फिचरको सहयोगले प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो बनाउन सक्नेछन भने सो भिडियोमा अडियो र भिजुअल इफेक्ट राख्न सक्ने छन् । यो फिचरमा थुप्रै इडिटिङ टूल्स , टयून्स र एआर इफेक्टहरु उपलब्ध छन् ।

\"\"

टिकटकको भविष्य के होला भन्ने नठहरिँदै इन्सटाग्रामले यो नयाँ अपडेट ल्याएको हो । यो फिचरले यूजरलाई १५ सेकेन्डको भिडियो  बनाउन दिन्छ र त्यो भिडियोमा अडियो र भिज्यूल इफेक्टस हाल्न मिल्छ । यो फिचरमा थुप्रै इडिटिङ्ग टूल्स , टयून्स र एआर इफेक्टस पनि छ ।

रील्स फिचर सबैको लागी उपलब्ध हुने बताइएको छ । रील्सलाई इन्स्टाग्राम क्यामेराबाट नै चलाउन सकिने छ । यदि तपाईको अकाउन्ट प्राइभेट छैन भने रील्स भिडियो एक्सप्लोर ट्याबमा हेर्न सकिन्छ ।