कीवर्डहरू -

१२ सय रुपैयाँमै क्लासिक टेकको ३० एमबीपीएसको इन्टरनेट, साथमा क्लासिक प्रभु टिभी

१२ सय रुपैयाँमै क्लासिक टेकको ३० एमबीपीएसको इन्टरनेट, साथमा क्लासिक प्रभु टिभी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । यस अफरमा इन्टरनेट खरिद गर्दा साथमा क्लासिक प्रभु टिभी पनि पाउन सकिने छ ।

क्लासिक टेकको ११ औं वार्षिकोत्सव अवसरमा मासिक १२ सय रुपैयाँमा ३० एमबीपीएस स्पीडको इन्टरनेट खरिद गर्न सकिने छ । त्यस्तै मासिक १३ सय ७५ रुपैयाँमा ४५ एमबीपीएस स्पीडको इन्टरनेटको पाउन सकिने छ ।

त्यसैगरी मासिक १७५० रुपैयाँमा ६० एमबीपीएस स्पीडको इन्टरनेट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टिभीको लागि क्लासिक टेकले प्रभु टिभीसँग सहकार्य गरेको छ ।