कीवर्डहरू -

दूरसञ्चार सेवाका सवारी साधन र कर्मचारीलाई सहजीकरण गरिदिन गृहलाई प्राधिकरणको पत्र

दूरसञ्चार सेवाका सवारी साधन र कर्मचारीलाई सहजीकरण गरिदिन गृहलाई प्राधिकरणको पत्र

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले बिहीबारदेखि सवारी साधनमा जोर प्रणाली लागु गरिसकेको छ । यस्तो अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाका सवारी साधन र कर्मचारीलाई सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

दूरसञ्चार सेवा अत्यावश्यक सेवा भित्र पर्ने र यस विषय परिस्थितिमा दूरसञ्चार सेवा चौबिसै घण्टा सुचारू राख्न अपरिहार्य भएको भन्दै सहजीकरण गरिदिन प्राधिकरणले गृहलाई पत्रचार गरेको हो ।

\"\"

‘दूरसञ्चार सेवा अत्यावश्यक सेवा भित्र पर्ने र यस विषम परिस्थितिमा दूरसञ्चार सेवा चौबीसै घण्टा सातै दिन सुचारु राख्नुपर्ने भएकाले यस प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति प्राप्त संस्थाहरुका सवारी साधन तथा कर्मचारीहरुलाई सम्बन्धित संस्थाको परिचयपत्रको आधारमा काठमाडौं उपत्यका भित्र आवतजावतमा सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछु,’ उक्त पत्रमा भनिएको छ ।’