कीवर्डहरू -

सात वटा मोड्युल समावेश भएको नेपालकै पहिलो सोसल ईकमर्स यूजी बजार सञ्चालनमा 

सात वटा मोड्युल समावेश भएको नेपालकै पहिलो सोसल ईकमर्स यूजी बजार सञ्चालनमा 

यूजी बजार (अर्बन गर्ल) ले आफ्नो सोसल ईकमर्स एप सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गरी सोसल ईकमर्स एप सार्वजनिक गरेको हो ।

यूजी बजारले यसमा विभिन्न सातवटा मोड्युल समावेश गरेको छ । ईकमर्स बाहेक यो एपमा ६ विशेषता रहेका छन् । जस अन्तर्गत प्रयोगकर्ताले आफ्नो सामान आफै स्टक गर्न सक्ने, गेमहरु हाल्न मिल्ने र डिस्काउन्ट पनि दिन सक्ने छन ।

यस एपमा उत्पादकले अटोमोबाइल लिस्टिङ र टेस्ट ड्राइभिङ गर्न सकिने मोड्युल पनि रहेको छ । त्यस्तै एपमा एचआर मोड्युल पनि रहेको छ । जसमा भ्याकेन्सी पनि निकाल्न र त्यँही बाट कामको लागी निवेदन पनि दिन सकिन्छ ।

\"\"

अक्सन तथा अफर मोड्युल अन्तर्गत प्रयोगकर्ताहरुले आफ्नो सामान बेच्न र डिस्काउन्ट दिन पाउनेछन् । यूजी बजारले फोटो कन्टेस्ट र भिडियो कन्टेस्ट पनि आयोजना गर्ने गरेको छ । यसले प्रयोगकर्ताहरुलाई एक अर्का सँग जोड्ने माध्यम पनि बनाई दिएको बताइएको छ ।

यो एप नेपालमै विकास भएको हो । यसलाई विश्व प्रतिस्पर्धीको रुपमा ठहराउने योजना कम्पनीको रहेको छ । त्यसको लागी पहिले नेपालमा सफलता पाउनु आवश्यक देखिन्छ । नविन टेक्नोलोजीको प्रयोग गरेर बनाइएको यो एपले उद्यमीहरुलाई पनि एउटा नँया बाटो देखाएको छ ।

ग्राहकलाई गुणस्तरीय सामान पुर्‍याउने उदेश्यका साथ यूजी बजार सन २०१२ देखि सञ्चालनमा हो । यूजी बजार अब अन्तराष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको कम्पनीको दाबी रहेको छ । यूजी बजारको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।