कीवर्डहरू -

३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने, यस्तो छ कारण

३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने, यस्तो छ कारण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ ।

बुधबार सूचना जारी गर्दै नेप्सेले विद्युत् मर्मत तथा सम्भारका कारण बिहीबार बेलुकी ५ देखि पुस २८ शनिबार राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द हुने जानकारी दिएको हो । 

विद्युतीय प्रणाली अद्यावधिक गर्ने काममा सबैको सहयोगको अपेक्षा गर्दै नेप्सेले कारोबार प्रणाली बन्द हुन लागेकोप्रति सर्वसाधारण लगानीकर्तासँग असुविधाका लागि क्षमा समेत मागेको छ ।