कीवर्डहरू -

एमएडब्लु इन्भेष्टमेन्टले ऋण प्रक्रियालाई अटोमेसन गर्दै

एमएडब्लु इन्भेष्टमेन्टले ऋण प्रक्रियालाई अटोमेसन गर्दै

एमएडब्लु इन्भेष्टमेन्ट प्रालिले  लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । यस संस्थामा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न संस्थाको तर्फबाट निर्देशक गोपाल कुमार अग्रवाल र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लोन अटोमेसन सिस्टमको माध्यमबाट एमएडब्लुले लोन प्रक्रियालाई अटोमेनसन तथा डिजिटल गर्ने भएको हो । लोन अटोमेसन सिस्टमले संस्थाको पेपरमा आधारित सबै लोन (ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ ।

एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ७५ प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।

यसैगरी एमएडब्लु इन्भेष्टमेन्टले अनलाइन लोन इलिजिविलिटी (ऋणको लागि योग्यता) मापन गर्ने सिस्टम पनि आगामी दिनमा प्रयोगमा ल्याउने भएको छ ।

अब ऋण लिन इच्छुक ऋणीले यस संस्थाले उपलब्ध गराएको अनलाइन पोर्टल सिस्टमबाट नै ऋणको लागि आवेदन दिन सक्नेछन ।

एमएडब्लु इन्भेष्टमेन्ट प्रालि नेपाल राष्ट्र बैंकबाट इन्भेष्टमेन्ट र हाईर पर्चेस वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाको एक लाख भन्दा बढि ग्राहक र ४० भन्दा बढी शाखा तथा डिलर कार्यालयहरु रहेका छन् । यस संस्थाले मुख्यतय हाईर पर्चेस तथा यामाहा कम्पनीको बाईक तथा स्कुटर बिक्री बितरण गर्दै आएको छ ।

त्यसैगरी एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ ।

यसै अनुसार यसले विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरेको छ । लोन एप्रोभिङ सिस्टम, अनलाइन अकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर म्यानेजमेन्ट सिस्टम, बजेट म्यानेज्मेन्ट सिस्टम यस कम्पनीका मुख्य प्रोडक्टहरु हुन् । १५ बढि फाइनान्सियल इन्स्टिच्युटहरु र कर्पोरेट हाउसहरुमा एसबी सोलुसनका प्रोडक्टहरु प्रयोग भइसकेका छन ।