कीवर्डहरू -

आजको आइसिटी टकमा \'आइसिटी अवार्ड\' विजेताहरुको सक्सेस स्टोरी 

आजको आइसिटी टकमा \'आइसिटी अवार्ड\' विजेताहरुको सक्सेस स्टोरी 

लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि नेपालमा सूचना प्रविधि क्षेत्रका उत्कृट व्यत्ति, सस्था, प्रडक्ट तथा कम्पनीहरुलाई सम्मान गर्ने कार्यक्रमको रुपमा आइसिटी अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा आज ठिक ४ बजे अघिल्लो संस्करणका केहि विजेताहरुसँग उनिहरुको स्टार्टअप अनुभव तथा सक्सेस स्टोरी सेयरिङ गर्ने गरी भर्र्चुअल आइसिटी टकको आयोजना गरिरहेको छ ।

आजको कार्यक्रममा आन्टरप्रेनर आइसिटी अवार्ड २०१९ का विजेता खल्ती डिजिटल वालेटका सिइयो अमित अग्रवाल, स्टार्टअप आइसिटी अवार्ड २०१९ का विजेता तथा इ डिजिटल नेपाल प्रा.लिका सिइयो आदित्य राज र पब्लिक च्वाइस आइसिटी अवार्ड २०१९ का विजेता किताबयात्राका अध्यक्ष ऋषि अधिकारी वत्ताको रुपमा रहेका छन । कार्यक्रमको सञ्चालन पब्लिक स्पिकर वर्षा भण्डारीले गर्नेछिन ।

कार्यक्रममा सहभागी भएर अन्तकृया गर्न यो लिंकमा आफ्नो नाम रजिस्टर गर्नुपर्नेछ । कार्यक्रम आइसिटी अवार्ड र लिभिङ विथ आइसिटी फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ । अहिले पाचौं आइसिटी अवार्डको नोमिनेशन खुल्ला रहेको आयोजकले जानकारी दिएको छ । अवार्डको बारेमा थप बुझ्न तथा नोमिनेशन दर्ता गर्न यो लिंकमा क्लिक गर्नुहोस ।