कीवर्डहरू -

विध ल्याबमा अब कोरोना परीक्षण गर्दा अनलाइन मार्फत भुक्तानी गरेमा दुई सय रुपैयाँ छुट 

विध ल्याबमा अब कोरोना परीक्षण गर्दा अनलाइन मार्फत भुक्तानी गरेमा दुई सय रुपैयाँ छुट 

विध ल्याबमा अब कोरोना परीक्षण गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । सरकारले तोकेभन्दा कम शूल्कमा कोरोना आरटी पीसीआर परीक्षण गर्दै आएको विध ल्याबले कोरोना परीक्षण गर्दा लाग्ने रकम अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको हो ।

विध ल्याबमा कोरोना परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २०० छुट पनि पाइने छ । यससँगै अब विध ल्याबमा ३ हजार ८ सयमा कोरोनाको आरटी पीसीआर परीक्षण गर्न सकिने छ ।

ईसेवा वा खल्ती प्रयोग गरी आरटी पिसिआर परीक्षणको शुल्क तिर्न सकिने छ। अहिलेको परस्थितिलाई मध्यनजर गरेर अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको विध ल्याबले बताएको छ ।

विध ल्याबले प्रतिनमूना चार हजारमा कोरोना परीक्षण गर्दै आएको छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना ५ हजार ५०० शुल्क लिएर कोरोना परीक्षण गर्दै आएका छन् । कोरोना परीक्षण गरेको ४ घण्टामै नतिजा दिने ल्याबले जनाएको छ ।