कीवर्डहरू -

फेसबुकले हटायो ट्रम्पको भिडियो 

फेसबुकले हटायो ट्रम्पको भिडियो 

फेसबुकले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अफिसियल फेसबुक पेजबाट गएको बुधबार एउटा भिडियोलाई हटाएको छ । कम्पनीको प्रवक्ता अनुसार त्यो पोष्टमा कोरोना भाइरसको बारेमा गलत धारणा पैदा गर्ने सामाग्री थियो ।

सो भिडियोमा कुनै एक मानिसको समूह कोभिडबाट इम्यून भएको बताइएको छ । भिडियो हटाएको बारेमा फेसबुकले कुनै सूचना लेखेको छैन् । फेसबुकको यसको जानकारी दिने कुनै नीति नरहेको प्रवक्ताले जानकारी दिए ।

ट्रम्पले बालबालिकाहरु कोभिड बाट पुरै इम्यून भएको बताएका थिए । यो सूचना कतै बाट पनि सही नरहेको र यसले जनसमूहमा गलत जानकारी दिनसकने भएकाले हटाउनु परेको फेसबुकको भनाइ छ । जहिले झुठो समाचारको विरोध गर्ने ट्रम्पले आफै यस्तो सूचना दिदा सबैलाई अचम्म लागेको छ । एजेन्सीको सहयोगमा