कीवर्डहरू -

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन नेपालमा, यस्तो छ मूल्य

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन नेपालमा, यस्तो छ मूल्य

साओमीको नयाँ स्मार्टफोन रेडमी नाइन नेपाली बजारमा उपलब्ध भएको छ । केही दिन अगाडी मात्रै रेडमी नाइन नेपालमा सार्वजनिक भएको हो ।

साओमीको यस फोनमा ६.५३ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको छ । यसलाई कोर्निङ गोरिल्ला ग्लास ३ द्वारा सुरक्षित गरिएको छ ।

रेडमी नाइनमा मिडिया टेकको हेलियो जी ८० प्रोसेसर प्रयोग गरिएको छ । ३ जीबी र्‍याम र ४ जीबी र्‍याममा उपलब्ध रहेको यस फोनमा ३२ जीबी र ६४ जीबी इन्टरनल स्टोरेज उपलब्ध रहेको छ ।

यसमा क्वाड रियर क्यामेरा छन् । जसमा १३ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल डेप्थ लेन्स र ५ मेगापिक्सेल म्याक्रो लेन्स छन् । साथै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यसमा सेक्युरिटीको लागि फिंगरप्रिन्ट सेन्सर उपलब्ध रहेको छ । रेडमी नाइनमा ५०२० एमएएचको ब्याट्री रहेको छ जसमा १८ वाट फास्ट चार्जिङ छ । नेपाली बजारमा ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको रेडमी नाइनको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको छ भने ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको रेडमी नाइनको मूल्य १७ हजार ९९९ रुपैयाँ रहेको छ ।