कीवर्डहरू -

नयाँ ब्राण्डका विद्युतीय मोटरसाइकल र स्कुटर नेपालमा 

नयाँ ब्राण्डका विद्युतीय मोटरसाइकल र स्कुटर नेपालमा 

नेपालमा जिनियस ब्राण्डको विद्युतीय मोटरसाइकल र  टेल्जी ब्राण्डको विद्युतीय स्कुटरको बिक्री औपचारिक रुपमा सुरु भएको छ । यो मा माई मोटर्स प्रालिले यी दुई ब्राण्डका इलेक्ट्रिक मोटरसाइकल र  स्कुटर नेपाल भित्र्याएको हो ।

एक कार्यक्रमका बिच शनिबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक रुपमा यसको उद्घाटन गरेका हुन् ।

कम्पनीले टेल्जी ब्राण्डका लायन र टाइगर नामक दुई स्कुटर उपलब्ध गराएको छ र यी दुबै स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको छ । साथै कम्पनीले जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाई ४६ स्पोर्टस मोटरसाइकल पनि नेपालमा उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार जिनियस एक्स ४६ नेकेड मोटरसाइकलको मूल्य ४ लाख २६ हजार रुपैयाँ रहेको छ । भने जिनियस एक्सवाई ४६ स्पोर्टस मोटरसाइकलको मूल्य ४ लाख १६ रुपैयाँ हजार रहेको छ । यी मोटरसाइकलमा पनि प्राय सामान फिचर छन् ।