कीवर्डहरू -

सबैका लागी पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने ?

पहुँचयुक्त डकुमेन्टले खास गरी अपाङ्गता भएका व्यक्तिहरूसहित सबै प्रयोगकर्ताको सूचनामा थप पहुँच अभिवृद्धि गर्न मद्दत गर्दछ। पहुँचयुक्त डकुमेन्ट  निर्माण गर्नु पनि अनलाइन मार्केटिङ वृद्धि गर्ने तथा आफ्नो भिजिटर्स बढाउने अर्को एक महत्त्वपूर्ण रणनीति हो। 

सबैका लागी पहुँचयुक्त डकुमेन्ट कसरी बनाउने ?

स्नातक तहमा अध्ययन गरिरहेको एक युवा हुँ । अध्ययनको साथसाथै म केही संस्थाहरूमा आबद्ध छु भने एक कन्सल्टिङ एजेन्सीमा पनि काम गरिरहेको छु। दृष्टिबिहिन भएका कारण म ल्यापटप तथा मोबाइल चलाउनको लागि स्क्रिन रिडर सफ्टवेयरको सहायता लिने गर्दछु।

\"\"
अध्ययन तथा कार्यालयमा काम गर्ने क्रममा जब म विभिन्न डकुमेन्टहरू सर्च गरेर अध्ययन गर्न खोज्छु, धेरैजसो समयमा मलाई  पहुँचयुक्त डकुमेन्टहरू भेटाउनै कठिन हुन्छ। धेरैजसो नेपाली डकुमेन्टहरू प्रीति फन्टमा लेखिएको हुन्छ जून स्क्रिन रिडरले पढ्न सक्दैन। धेरैजसो जानकारी तथा सूचनाहरू इमेजमा मात्र राखिनाले मलाई त्यसता इमेजमा के लेखिएको छ थाहा नै हुन्न।

कतिपय वेबसाइटहरूले पहुँचयुक्तताका सामान्य सिद्धान्तहरू पनि पालना नगरिदिनाले किबोर्डको सहायताले ती वेबसाइटहरूमा आवश्यक काम नै गर्न सकिँदैन। यस्ता विभिन्न कारणहरूले गर्दा मैले व्यक्तिगत तथा व्यावसायिक जीवनमा थुप्रै समस्या र चुनौतीहरूको सामना गरिरहेको छु।

यस्ता समस्या मैले मात्र होइन दृष्टसम्बन्धी समस्या भएका लाखौँ व्यक्तिहरूले यस किसिमका समस्याहरू भोगिरहनु भएको छ। त्यस्तै अडियो तथा भिडियो सामाग्रीहरूमा आवश्यक क्याप्सनसङ, साङ्केतिक भाषा आदि राखिदिनाले पनि सुनाई सम्बन्धी समस्या भएका लाखौँ व्यक्तिहरू थुप्रै किसिमका डिजिटल सूचनाहरूबाट वञ्चित भइरहेका छन्।

लेखक - निर श्रेष्ठ, स्नातक तेस्रो वर्ष अध्ययनरत दृष्टिबिहिन युवा ।


कति पय वेबसाइटहरूले पहुँचयुक्तताका सामान्य सिद्धान्तहरू पनि पालना नगरिदिनाले किबोर्डको सहायताले ती वेबसाइटह रूमा आवश्यक काम नै गर्न सकिँदैन।

के हो त पहुँचयुक्त डकुमेन्ट ?
पहुँच युक्तता अर्थात् Accessibility ले कुनै पनि उत्पादन, सेवा,  उपकरणहरू तथा संरचनाहरू लाई अपाङ्गता भएका व्यक्तिहरूसहित सबै प्रयोगकर्ताले समान रूपमा पहुँच गर्न सक्ने गरी विकास गरिनु भन्ने जनाउँछ । यसै अनुसार नै डिजिटल पहुँच युक्तता भनेको दृष्टि, सुनाई, गमनशीलता वा सिकाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूसहित सबै किसिमका प्रयोगकर्ताहरूले सहज रूपमा प्रयोग र पहुँच गर्न सक्ने डिजिटल संसारका साधनहरू जस्तै वेबसाइट, मोबाइल एड्स,  इलेकट्रोनिक ग्याजेट्स  तथा डकुमेन्ट्सहरू  को  विकास गर्ने भन्ने जनाउँछ ।

पहुँचयुक्त डकुमेन्टका लागी डकुमेन्ट निर्माताले सफ्टवेयरले दिएको विभिन्न सुविधाहरूको प्रयोग गरेर आफ्नो डकुमेन्टमा पहुँच युक्ततासम्बन्धी विभिन्न विकल्पहरूको व्यवस्था गर्नु पर्दछ अनि मात्र प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार विभिन्न सहायक प्रविधिहरूको प्रयोग गरेर या नगरीकन ती डकुमेन्टमा पहुँच स्थापित गराउन सक्दछन्।

\"\"

पहुँचयुक्त डकुमेन्टका लागी डकुमेन्ट निर्माताले सफ्टवेयरले दिएको विभिन्न सुविधाहरूको प्रयोग गरेर आफ्नो डकुमेन्टमा पहुँच युक्ततासम्बन्धी विभिन्न विकल्पहरूको व्यवस्था गर्नु पर्दछ अनि मात्र प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार विभिन्न सहायक प्रविधिहरूको प्रयोग गरेर या नगरीकन ती डकुमेन्टमा पहुँच स्थापित गराउन सक्दछन्।

पहुँचयुक्त डकुमेन्ट किन आवश्यक छ ?
झट्ट हेर्दा पहुँच युक्तता भनेको अपाङ्गता भएका व्यक्तिहरूका लागी हो भन्ने जस्तो देखिए तापनि वास्तवमा पहुँच युक्तता जो कोही प्रयोगकर्ताका लागी उत्तिकै महत्त्वपूर्ण र आवश्यक हुन्छ। उदाहरणको लागी भिडिओमा प्रयोग हुने क्यापसनिङ तथा सबटाइटल सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागी भए तापनि हामी जो कोहीले पनि आवश्यकता र इच्छाअनुसार त्यसको प्रयोग गर्न सक्दछौँ र धेरैजसो समयमा प्रयोग गरिरहेका पनि हुन्छौँ। उपयुक्त डकुमेन्ट स्ट्रक्चर र हेडिङ स्टाइलको प्रयोगले स्क्रिन रिडर प्रयोग गर्ने प्रयोगकर्ताको लागी सहज भए पनि यो सबैको लागी उत्तिकै महत्त्वपूर्ण हुन्छ।


पहुँचयुक्त डकुमेन्टले खास गरी अपाङ्गता भएका व्यक्तिहरूसहित सबै प्रयोगकर्ताको सूचनामा थप पहुँच अभिवृद्धि गर्न मद्दत गर्दछ। पहुँचयुक्त डकुमेन्ट  निर्माण गर्नु पनि अनलाइन मार्केटिङ वृद्धि गर्ने तथा आफ्नो भिजिटर्स बढाउने अर्को एक महत्त्वपूर्ण रणनीति हो।

पहुँचयुक्त डकुमेन्ट कसरी तयार गर्ने ?
पहुँचयुक्त डकुमेन्ट तयार गर्नु कुनै गाह्रो या खर्चिलो काम होइन। हामीले सधैँ जसो गर्ने कामहरूमा केही थप सुधार गरेर सफ्टवेयरले प्रदान गरेको सुविधाहरूको उचित उपयोग गरेर कुनै पनि किसिमका डकुमेन्टहरू पहुँचयुक्त ढाँचामा तयार गर्न सकिन्छ। कुनै पनि डकुमेन्ट पहुँचयुक्त बनाउनको निमित्त निम्न कुराहरूमा ध्यान दिनु पर्दछ। यी नियमहरू वर्ड, एक्सेल, पावरपोइन्ट तथा गुगल डक्स, शिट तथा स्लाइड सबैमा लागू हुन्छन्।

\"\"

एक दृष्टिबिहिन अधिकारकर्मी सुशिल अधिकारी स्क्रिन रिडर सफ्टवेयरको मद्दत लिएर कम्प्युटरको प्रयोग गर्दै । तस्विरः तिर्थ महर्जन



१. उपयुक्त नेपाली लेखन पद्धतिको प्रयोग स् हामीमध्ये धेरैले नेपाली लेख्नको निमित्त प्रीति या अन्य यस्तै खालका परम्परागत फन्टहरूको प्रयोग गर्दछौँ तर विडम्बना यी फन्टहरू कम्प्युटर तथा स्क्रिन रिडरले बुझ्न सक्दैनन् जसले गर्दा स्क्रिन रिडरको प्रयोग गर्ने प्रयोगकर्ताहरूले यस्ता फन्टमा लेखिएका कुनै पनि सामाग्रीहरू पढ्न सक्दैनन्। बरु युनिकोडमा लेखिएका फन्टहरू कम्प्युटर तथा स्क्रिन रिडर दुवैले बुझ्न र पढ्न सक्दछन् जसले गर्दा स्क्रिन रिडर प्रयोगकर्ताहरू पनि सजिलै उक्त फन्टमा लेखिका सामाग्रीहरू सजिलै पढ्न सक्दछन्। त्यस कारण, हामीले पहुँचयुक्त डकुमेन्ट तयार गर्दा सबैभन्दा पहिले ख्याल गर्नुपर्ने कुरा भनेको युनिकोड फन्टको प्रयोग गरेर लेख्नु नै हो। यस युनिकोडका विभिन्न किबोर्ड लेआउटहरू छन् जस्तै ट्रेडिसनल किबोर्ड लेआउट, रोमनाइज किबोर्ड लेआउट आदि। यीमध्ये आफूलाई सहज र अनुकूल हुने जून कुनै लेआउटको प्रयोग गरेर नेपाली भाषाको डकुमेन्ट तयार गर्न सकिन्छ।


२. उपयुक्त डकुमेन्ट स्ट्रक्चर र हेडिङको प्रयोग स् हामीले हाम्रो डकुमेन्टमा सफ्टवेयरले प्रदान गरेका हेडिङ स्टाइलहरूको उपयुक्त तरिकाले प्रयोग गर्न सकेको खण्डमा त्यस्ता डकुमेन्टहरू पहुँचयुक्त बन्दछन्। उदाहरणको लागी कुनै पाठको टाइटललाई हेडिङ लेबल १ दिने, त्यसअन्तर्गतका टपिकहरूलाई हेडिङ लेबल २ दिने तथा ती टपिकहरूको सबटपिकलाई हेडिङ लेबल ३ दिने, आदी।


३. लिङ्कहरूलाई अर्थपूर्ण बनाउने स् हामीले हाम्रा डकुमेन्टहरू जस्तै वर्ड डकुमेन्ट, एक्सेल सिट तथा प्रेजेन्टेसन स्लाइडहरूमा विभिन्न खालका लिङ्कहरू उल्लेख गरेका हुन्छौँ। धेरैजसो समय हामी त्यस्ता लिङ्कको पुरै URL राख्दछौँ भने कहिले Click Here अथवा यहाँ क्लिक गर्नु होला भनेर ती लिङ्कहरूको नाम दिएका हुन्छौँ  तर यी दुवै अभ्यासहरू पहुँचयुक्तताको दृष्टिकोणले उपयुक्त छैनन्। डकुमेन्टमा कहिले पनि पुरै URL राख्ने गर्नु हुँदैन। अर्थ स्पष्ट हुने गरी उपयुक्त नाम अथवा वाक्य लेखेर ती लिङ्कहरूको रिनेम गरिदिनु पर्दछ।


४. बुलेट र नम्बर टेक्स्ट स् हामीले हाम्रो डकुमेन्टमा धेरैजसो समय विभिन्न खालका लिस्टहरू समेटेका हुन्छौँ तर तिनीहरूलाई पहुँचयुक्त ढङ्गमा राखिदिनाले पुरै डकुमेन्ट  नै पहुँचयुक्तताको दृष्टिकोणले उपयुक्त नदेखिने हुन्छ। तसर्थ, बुलेट तथा नम्बर लिस्टको सही ढङ्गले प्रयोग गरेर डकुमेन्टमा रहेका लिस्टहरूलाई पहुँचयुक्त बनाउनुपर्ने हुन्छ।


५. कलर र कलर कन्ट्रास्टको प्रयोग स् हामीले डकुमेन्ट तयार गरिरहँदा ध्यान दिनुपर्ने अर्को प्रमुख कुरा भनेको रङहरूको प्रयोग हो। कहिले पनि कलर ९रङ० लाई डकुमेन्टमा कुनै महत्त्वपूर्ण जानकारीको सङ्केतको रूपमा प्रयोग गर्नु हुँदैन किनभने कलर ब्लाइन्डनेस भएका तथा दृष्टसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले त्यस्ता कलरहरू देख्न सक्दैनन्। त्यस्तै डकुमेन्टको कलर कन्ट्रास्ट पनि उपयुक्त हुनु पर्दछ। कालो पृष्ठभूमिमा सेतो फन्ट अथवा सेतो पृष्ठभूमिमा कालो फन्टलाई पहुँचयुक्तताको दृष्टिकोणले उपयुक्त मानिन्छ। त्यसको अलावा अन्य कलरहरूको प्रयोग गर्नुपर्ने भएमा इन्टरनेटमा प्राप्त कलर कन्ट्रास्टसम्बन्धी सफ्टवेरहरुको प्रयोग गरेर ती कलरहरूको उपयुक्त कलर कन्ट्रास्ट छान्न सकिन्छ।

\"\"

हालसालै नेपालमा लर्निङ इन्क्लुजन नामक नेपालकै पहिलो पहुँचयुक्त इलर्निङ प्लेटफर्म विकास भई औपचारिक रूपमा नै सञ्चालनमा आएको छ। डाइभर्स प्याटर्न्स् कम्पनीले विकास गरेको उक्त प्लेटफर्ममा हाल " सबैका लागी पहुँचयुक्त डिजिटल डकुमेन्ट" अर्थात् " Making Documents Accessible for All" भन्ने कोर्स उपलब्ध छ जहाँ रजिस्टर गरेर तपाईँहरू जो कसैले यस सम्बन्धमा थप सैद्धान्तिक र व्यवहारिक सिप हासिल गर्न सक्नु हुने छ।


६. चित्रात्मक सामाग्रीहरूको वर्णन तथा अल्टरनेटिभ टेक्स्ट स् हामीले हाम्रो डकुमेन्टमा थुप्रै खालका चित्रात्मक सामाग्रीहरूको प्रयोग गरिरहेका हुन्छौँ। कुनै तस्बिर, चार्ट, ग्राफिक्स, स्मार्ट अब्जेक्ट आदिजस्ता चित्रात्मक सामाग्रीहरू आवश्यकताअनुसार डकुमेन्टमा प्रयोग भइरहेको हुन्छ तर विडम्बना ती सामाग्रीहरूको अल्टरनेटिभ टेक्स्ट तथा आवश्यक वर्णन उल्लेख नगर्दिनाले दृष्टसम्बन्धी समस्या भएका व्यक्तिहरू ती सामाग्रीहरूले  के जानकारी प्रदान गरिरहेको छ बुझ्न असक्षम हुन्छन्।

त्यस कारण सूचना तथा जानकारी दिने उद्देश्यले समेटिएका सबै किसिमका चित्रात्मक सामाग्रीहरूको अल्टरनेटिभ टेक्स्ट राख्नु जरुरी हुन्छ जसको सहायताले दृष्टसम्बन्धी समस्या भएका व्यक्तिहरू ती जानकारीहरू थाहा पाउन सक्दछन्। यदि कुनै चित्रात्मक सामाग्रीहरू केवल डकुमेन्टको लेआउटको लागी मात्र राखिएका छन् भने त्यसको अल्टरनेटिभ टेक्स्ट दिनु आवश्यक छैन यद्यपि सफ्टवेयरलाई त्यो लेआउटको लागी हो भनेर जानकारी भने गराउनु पर्दछ।


७. टेबलहरूको उचित प्रयोग स् डकुमेन्टहरू तयार गर्दा आवश्यकताअनुसार टेबलहरूको पनि प्रयोग भएको हुन्छ तर त्यसलाई पनि पहुँचयुक्त नबनाइनाले दृष्टसम्बन्धी समस्या हुने प्रयोगकर्ताहरू त्यसले दिने जानकारीबाट वञ्चित हुने गर्दछन्। टेबलहरूलाई पहुँचयुक्त बनाउनको निमित्त सामान्य टेबलको प्रयोग गर्ने, कुनै पनि सेललाई खाली नछाड्ने, सेलहरू मर्ज नगर्ने, टेबलको पहिलो रोलाई हेडर रोको रूपमा परिभाषित गर्ने, टेबलको सङ्क्षिप्त जानकारी दिनको लागी टेबलको क्याप्सन अथवा अल्टरनेटिभ टेक्स्ट दिने आदिजस्ता उपायहरू अपनाउन सकिन्छ।


८. अडियोरभिडियो सामाग्रीहरूको क्याप्सन अथवा ट्रान्सक्रिप्ट उपलब्ध गराउने स् कहिलेकाहीँ हामीले हाम्रो डकुमेन्टमा खास गरी प्रेजेन्टेसन स्लाइडमा अडियो तथा भिडियो सामाग्रीहरू राखेका हुन्छौँ तर तिनको क्याप्सन अथवा सबटाइटल राखिएन भने अथवा त्यसको ट्रान्सक्रिप्ट तयार गरेर उपलब्ध गराइएन भने त्यो पूर्ण रूपमा पहुँचयुक्त हुन सक्दैन। तसर्थ, कुनै पनि अडियो तथा भिडियो सामाग्रीहरूको क्याप्सन अथवा सबटाइटल दिनु अथवा त्यसको ट्रान्सक्रिप्ट उपलब्ध गराउनु अपरिहार्य हुन्छ।

\"\"
अतः कुनै पनि डकुमेन्ट तयार गर्दा यी यस्ता केही महत्त्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर  डकुमेन्ट तयार गरियो भने पक्कै पनि ती डकुमेन्टहरू सबै प्रयोगकर्ताहरूका लागी पहुँचयुक्त बन्दछन् र सबै प्रयोगकर्ताहरूले ती डकुमेन्टहरूमा आवश्यकताअनुसार कुनै सहायक प्रविधिको प्रयोग गरेर या नगरीकन पहुँच पुर्‍याउन र ती डकुमेन्टले दिन खोजेको जानकारी हासिल गर्न सक्दछन्।


विभिन्न वेबसाइट तथा युटुभमा उपलब्ध विभिन्न भिडियो सामाग्रीहरू हेरेर तपाईँहरूले पहुँचयुक्त डकुमेन्ट निर्माणसम्बन्धी आफ्नो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न सक्नु हुन्छ। यद्यपि हालसालै नेपालमा लर्निङ इन्क्लुजन नामक नेपालकै पहिलो पहुँचयुक्त इलर्निङ प्लेटफर्म विकास भई औपचारिक रूपमा नै सञ्चालनमा आएको छ। डाइभर्स प्याटर्न्स् कम्पनीले विकास गरेको उक्त प्लेटफर्ममा हाल " सबैका लागी पहुँचयुक्त डिजिटल डकुमेन्ट" अर्थात् " Making Documents Accessible for All" भन्ने कोर्स उपलब्ध छ जहाँ रजिस्टर गरेर तपाईँहरू जो कसैले यस सम्बन्धमा थप सैद्धान्तिक र व्यवहारिक सिप हासिल गर्न सक्नु हुने छ।