कीवर्डहरू -

स्मार्ट मिटर जडान सुरु, अब हरेक १/१ घण्टामा मिटर रिडिङको डेटा डाउनलोड हुने

स्मार्ट मिटर जडान सुरु, अब हरेक १/१ घण्टामा मिटर रिडिङको डेटा डाउनलोड हुने

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने कार्यको सुरुवात गरेको छ । प्राधिकरणले आइतबारदेखि  घरायसी ग्राहकको घरमा रहेको सिङ्गल फेज मिटर हटाएर स्मार्ट मिटर राख्न सुरु गरेको हो ।

उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिङ्गल फेज मिटरलाई हटाएर स्मार्ट मिटर राखेर जडान कार्यको सुरुवात गरेका हुन् ।

स्मार्ट मिटर जडान पश्चात अब ग्राहकको घरमा गएर मिटर रिडिङ गर्नुपर्ने बाध्यता हट्नेछ । यसको लागि प्राधिकरणले डेटा  सेन्टर समेत निर्माण गरिसकेको छ । स्मार्ट मिटर जडानसँगै अब कर्मचारी खपत पनि कम हुनेछ ।

स्मार्ट मिटरमा भएको चिप्सको सहयोगले प्राधिकरणको केन्द्रिय कार्यालयमा रहेको डेटा सेन्टरमा हरेक १/१ घण्टामा मिटर रिडिङको डेटा डाउनलोड हुनेछ । देशभर हाल ५० लाख घरायसी सिङ्गल फेज मिटरका ग्राहक छन् ।