किसानहरुलाई सहज रुपमा बैंकिङ सेवा प्रदान गर्न मेगा बैंकले ‘मेगा किसान कार्ड’ बजारमा ल्याएको छ । बैंकले व्यावसायिक किसानहरुको सम्मान स्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो ।
‘हलोदेखि हाइड्रोसम्म’ लाई मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ ।
मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
यसको लागि मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता पनि भइसकेको छ । किसानहरुको प्रवर्द्धन गर्दै प्राविधिक सेवा समेत उपलब्ध गराँउदै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।