कीवर्डहरू -

क्रिष्टल कञ्चनजंघा सेक्युरिटीजमा अब अनलाइन मार्फत खाता खोल्न तथा नविकरण गर्न सकिने

क्रिष्टल कञ्चनजंघा सेक्युरिटीजमा अब अनलाइन मार्फत खाता खोल्न तथा नविकरण गर्न सकिने

क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालिमा अब घरबाटै अनलाइन मार्फत खाता खोल्न सकिने भएको छ । आफ्ना ग्राहकलाई ध्यानमा राखेर क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालि (ब्रोकर नं ५०) ले  यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब क्रिष्टल कञ्चनजंघा सेक्युरिटीजमा अनलाइन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न सकिने छ ।

\"\"

कम्पनीको वेबसाइटमा गएर ग्राहकले यो सुविधाको प्रयोग गर्न सक्ने छन् । यस व्यवस्थासँगै अब ग्राहकले आफ्नो डिम्याट खाता नविकरण तथा अध्यावधिक गर्न कार्यालयसम्म जानु पर्ने बाध्यता हट्नेछ ।

नयाँ खाता खोल्न चाहने ग्राहकहरुले दस्तखत प्रमाणीत गर्न एक पटक भने कार्यालयमा उपस्थित हुनुपर्ने छ ।