कीवर्डहरू -

बैंकका कर्मचारी आलोपालो काममा लगाउन राष्ट्र बैंकको निर्देशन, विद्युतीय कारोबार प्राथमिकतामा

बैंकका कर्मचारी आलोपालो काममा लगाउन राष्ट्र बैंकको निर्देशन, विद्युतीय कारोबार प्राथमिकतामा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले कर्मचारीलाई आलोपालो काममा लगाउन र वर्कफ्रम होम व्यवस्था मिलाई कार्यसम्पादन गर्न गराउन निर्देशन दिएको हो ।

\"\"

बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको समेत पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि विजिनेश कन्टिन्यूटी प्लान तयार गरी कोभिड–१९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थिति हुने व्यवस्था मिलाउने ।’

सेवा सुचारु नभएका शाखाहरुको विवरण राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा दैनिक रुपमा उपलब्ध गराउन भनिएको छ । त्यस्तै राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय कारोबारलाई थप प्रोत्साहित गर्न पनि आग्रह गरेको छ ।