कीवर्डहरू -

रेडमी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर र मूल्य

रेडमी नोट नाइन प्रो म्याक्स नेपालमा, यस्तो छ फिचर र मूल्य

नेपाली बजारमा साओमीको नयाँ स्मार्टफोन रेडमी नोट नाइन प्रो म्याक्स सार्वजनिक भएको छ । ६.६७ इन्च आइपीएस डिसप्ले भएको यसमा फुल एचडी प्लस रिसोलुसन छ ।

रेडमी नोट नाइन प्रो म्याक्समा क्वालकमको स्न्याड्रयाग्न ७२० जी प्रोसेसर प्रयोग गरिएको छ । यसमा एड्रेनो ६१८ जीपीयु रहेको छ । यसमा ६ जीबी र्याम र ८ जीबी र्‍याम उपलब्ध छ । भने ६४ जीबी र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यसमा क्वाड रियर क्यामेरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा, ५ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर छन् । त्यस्तै यसमा ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

रेडमी नोट नाइन प्रो फिङ्गरप्रिन्ट सेन्सर, ३.५ एमएम अडियो ज्याक, नोइज क्यानसिलको लागि २ वटा माइक र सिंगल बटम स्पीकर छन् । यसमा ५०२० एमएएचको ब्याट्री रहेको छ ।

नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको रेडमी नोट नाइन प्रो म्याक्सको मूल्य ३१ हजार ९९९ रुपैयाँ रहेको छ । भने ८ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको रेडमी नोट नाइन प्रो म्याक्सको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको छ ।