कीवर्डहरू -

बहराइनको रेमिट्यान्स अब ईसेवामै पाउन सकिने 

बहराइनको रेमिट्यान्स अब ईसेवामै पाउन सकिने 

बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । बहराईनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको हो ।

यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै बिएफसी बहराईन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको पैसा सिधै ईसेवा वालेटमा प्राप्त गर्दा ग्राहकले ५५ रुपैयाँ क्यास ब्याक पनि पाउने छन् । ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ।

ईसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु कम्पनीको उद्देश्य रहेको छ ।