कीवर्डहरू -

एफ्वान सफ्टले पायो साउथ इस्ट एशिया विजनेश अवार्ड

एफ्वान सफ्टले पायो साउथ इस्ट एशिया विजनेश अवार्ड

नेपालको सफ्टवेयर कम्पनी एफ्वान सफ्ट इन्टरनेसनलले साउथ इस्ट एशिया विजनेस अवार्ड २०२० प्राप्त गरेको छ । यो अवार्ड पाउने एफ्वान सफ्ट नेपालको पहिलो कम्पनी बनेको छ ।

बेलायतको विजनेश म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष साउथ इष्ट एशियामा व्यवसायले सिर्जना गरेको प्रभावका आधारमा यो अवार्ड  प्रदान गर्छ ।

एफ्वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने ‘हामी दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरु माझ अन्तराष्ट्रिय रुपमा चिनिन पाउँदा गर्व गर्दछौं । विशेष गरी कोरोना भाइरस महामारीको बेला विश्वलाई अझै नयाँ इन्नोभेटिभ कम्पनीको आवश्यकता छ ।’

एफ्वान सफ्ट नेपालको ठूलो र अग्रणी डिजिटल वित्तिय सेवा कम्पनी हो । एफ्वान सफ्टले मोबाइल पेमेन्ट र मोबाइल बैंकिङ सोलुसन्सको विकास गरेको छ ।

एफ्वान सफ्टले विकास गरेका ईसेवा र फोनपेका प्रयोगकर्ता १ करोड भन्दा बढि छन् । कम्पनीले हाल सात सयलाई रोजगारी प्रदान गरेको छ ।