कीवर्डहरू -

डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न, छिटै टप टेन छनौट हुने

डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न, छिटै टप टेन छनौट हुने

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस म्युजिक सांगीतिक प्रतियोगिता दि स्ट्रिङ्सको पहिलो राउण्ड सम्पन्न भएको छ । पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएका छन् ।

तीन राउण्डमा संचालन हुने यो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए । छिटै सम्पुर्ण सहभागीहरु मध्येबाट १० जना छनौट हुँदैछन् ।

अब यो सांगीतिक प्रतियोगीता दोस्रो चरणमा प्रवेश गर्दै छ। सहभागीहरुले अपलोड गरेका भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गर्नेछन । निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन् ।

दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी बिचको सांगीतिक प्रतियोगीता अब झन उत्साहजनक र रोचक हुने आयोजकले बताएको छ । तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुन प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउनेले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिने डिशहोमले अपेक्षा राखेको छ ।