कीवर्डहरू -

टिकटकमा \'राजनीति\' : यस्तो छ \'टिकटक\'को उतारचडाब

 टिकटक बन्द गर्नु पछाडीको राजनीतिक प्रसङ्ग

टिकटकमा \'राजनीति\' : यस्तो छ \'टिकटक\'को उतारचडाब

टिकटक अहिले विश्वभर तहल्का पिटिरहेको चाइनिज एप हो, जसमा भिडियो सेयरिङ्ग गर्ने गरिन्छ । यसका संस्थापक जाङ्ग यीमीङ हुन, जसले चीनको बेजीङगमा बाइट–डान्स भन्ने इन्टरनेट टेक्नोलोजी कम्पनी स्थापना गरेका छन् । यो कम्पनी २०१२ मा स्थापना भएको थियो ।

यो एपमा थोरै समयको गीत , लीप–सीङ्क , नृत्य , हास्यव्यङग र आफ्नो ट्यालेन्ट देखाउन मिल्ने भिडियो हाल्न मिल्छ, जुन ३ देखि ५ सेकेन्डको हुनुपर्छ । सुरुमा बाइट डान्सले चिनको बजारमा यस्तै एपलाई डोइन नामले सेपटेम्बर , २०१६ मा सार्बजनिक गरेका थिए । तर यो सन २०१८ , अगस्ट २ मा म्यूजिकल लीसँग मर्ज गरेपछि मात्रै पुरै विश्वभर् उपलब्ध भएको थियो । यो एप करिब ४० भाषामा उपलब्ध गराइएको छ ।

\"\"

चार वर्षमा , टिकटकले करिब १ अर्ब बढि प्रयोगकर्ता बनाइसकेको छ र अप्रिल २०२० सम्ममा ८० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

चार वर्षमा , टिकटकले करिब १ अर्ब बढि प्रयोगकर्ता बनाइसकेको छ र अप्रिल २०२० सम्ममा ८० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । चीनमा अहिले पनि यो एप डोइनकै नामले चिनिन्छ । टिकटक र डोइनको यूजर इन्टरफेस एउटै भएता पनि यिनीहरु दुवै बेग्लाबेग्लै सर्भरमा चल्छन् र एकअर्काको डाटाबेस माथि कुनै पँहुच हुँदैन ।

टिकटकको विश्व भरी डुब्लीन , लस आनजेलेस , न्यू योर्क सिटी , लन्डन , प्यारीस , बर्लीन , दुबई , मूम्बई , सिंगापोर , जकरटा , सोल र टोक्यो आदि ठाउँमा हेड–क्वाटर रहेको छ । सार्बजनिक भएदेखि नै सफलता मात्रै देख्दै आएको यो एपले भने अब धेरै ठाउँमा ठक्कर खानुपर्ने अवस्थाको सिर्जना हुदै गइरहेको छ ।

जूनमा मात्रै टिकटकको धेरै उपभोक्ता भएको देश भारतले टिकटक सहित अन्य ५८ एप बन्द गरेको थियो । सिमानामा भएको झडपको कारणले गर्दा भारतले यो एप बन्द गरेको जनाएको छ । भारतमा यो एप बन्दभएसंगै टिकटकले ठुलो संख्यामा प्रयोगकर्ता र आम्दानी गुमाएको छ भारत मात्रै २० करोड बढि मासिक सक्रिय प्रयोगकर्ता छन् र बन्द भएसंगै भारत बाट ६ अर्बको घाटा हुने अनुमान लगाइएको छ । केही दिन अघि मात्रै इन्डोनेसीयाले टिकटकलाई एक हप्ताको लागी ब्यान गरेको थियो । यो एपले अनैतिक र अश्लील कुराहरुलाई बढावा दिएकाले यस्तो गरिएको भनिएको छ ।

त्यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पनि टिकटक बन्द गर्न सक्ने बताएका थिए । टिकटकका साथसाथै उनले अमेरिकामा काम गरिरहेको अरु चाइनिज टेक कम्पनीलाई पनि कारवाही गर्न सक्ने बताएका थिए । टेक कम्पनीहरुले आफ्नो देशको गोप्य सूचनाहरु चीनलाई दिइरहेको उनको आरोप थियो । आफूसँग भएको एक्जिक्यूटिभ पावरको प्रयोग गरेर यस्तो गर्ने ट्रम्पको भनाई छ । राज्य सचिव माइकल पोमियोको अनुसार ट्रम्पले चाँडै यो विषयमा विज्ञप्ती जारी गर्नेछन् । अमेरिकाको यो निर्णयले गर्दा टिकटकका मालिक बाइट डान्सले टिकटकलाई अमेरिकाको निम्ति माइक्रोस्फटलाई बेच्न सकिने बताएका छन् ।

माइक्रोसफटले टिकटकको अमेरीका , क्यानेडा , अष्ट्रलिया र न्यूजिलान्डको बिजनेस किन्ने तरखरमा छ र यसले भारत र यूरोपियन क्षेत्रलाई पनि समेट्ने सोचमा छ । फाइनेनसियल टाइम्सको रिपोर्ट अनुसार माइक्रोसफटले टिकटकको ग्लोबल कारोबार नै किन्न खोजेको छ । यो विषयसँग परिचित भएकाले टिकटकको भारतीय ब्रान्च किन्ने डिलको चर्चा भइरहेको जानकारी फाइनेनसियल टाइम्सलाई दिएका थिए् । यदि यो सम्भव भएन भने बाइट डान्स( टिकटकका उत्पादक)ले अरु विदेशी या भारतीय लगानीकर्ता खोज्ने छन् । चाइनिज टेक जायन्टले आफ्नो टेक्नोलोजीलाई लाइसेन्स गर्नुको साथै नँया लगानीकर्तासँग राजश्व बाड्ने पनि सोचेका छन् ।

टिकटक बन्द हुनु लगत्तै ट्रिलर , इन्सटाग्राम रील्स , चिंगारी जस्ता एपले टिकटकको जस्तै फिचर ल्याएर त्यो स्थान ओगट्ने प्रयास गरेका छन् । आउने दिनहरु टिकटकको लागी केहि गाह्रो नै हुने देखिन्छ ।

टिकटक बन्द गर्नु पछाडीको राजनीतिक प्रसङ्ग :

जनवरी २०१९ मा पीटरसन इन्सटीटयूट फर इन्टरनेशनल इकोनोमिक्सको अनुसार टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि प्रश्न उठाएको कुरा ठहराएको थियो । टिकटकले यूजरको बासस्थान , ईमेज , बायोमेट्रिक डाटा जस्ता गोप्य सूचना आफ्नो चाइनिज प्यारेन्ट कम्पनीलाई दिने बताइएको थियो । चीन इन्टरनेट सुरक्षा कानूनको अनुसार चिन सरकारलाई सबै जानकारी दिनुपर्ने हुन्छ र टिकटकले पनि यही गरिरहेको बताइएको छ ।

अमेरिकाले आफ्नो जनताको सूचना बाहिर जाने कुरामा साह्रै असन्तुष्टि जनाएको थियो । अमेरिकाले डिसेम्बर २०१९ मै यूनाइटेड स्टेट्स नेभी र यूनाइटेड स्टेट्स आर्मीलाई टिकटक बन्द गरिदिएको थियो । त्यही कुरा सुनेर अष्ट्रेलियन डिफेन्स फोर्सले पनि आआफ्नो डिभाइसमा टिकटक ब्यान गर्न लगाएका थिए ।

\"\"

पछिल्लो समय प्रविधि क्षेत्रमा चिनका कम्पनीहरुले विश्व बजारमा दरिलो स्थान बनाउन थालेका छन् । हुवावे, टिकटक, जुम केहि उदाहरण हुन् । यसकारण पनि अमेरिका र भारतजस्ता देशहरु डेटाको इस्यु देखाउदै चाइनिज कम्पनिको दबदबा रोक्ने प्रयासमा छन् ।

भारतले पनि सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा यो एपले प्रश्न चिह्न उठाएकाले ब्यान गर्नु परेको बताएको थियो । भारत र चीनको सीमा लडखमा भएको सीमा विवादले यो कदम चालिएको हो । सीमामा भएको संघर्षको कारणले २० भारतीय जवान मारिएका थिए । त्यो सँगै भारतको थुप्रै यूजरहरुले आफ्नो व्यक्तिगत सूचना दुरुपयोग भएको गुनासो पनि राखेका थिए ।

तर भित्रि रहस्य यो मात्रै नभएर विश्वबजारमा चिनको बढिरहेको दबदबालाइ रोक्ने प्रयास गर्नु पनि हो । हुवावेसँग भएको अमेरिका सरकारको द्वन्द पनि यसैक्रमलाइ जोड्न सकिन्छ । पछिल्लो समय प्रविधि क्षेत्रमा चिनका कम्पनीहरुले विश्व बजारमा दरिलो स्थान बनाउन थालेका छन् । हुवावे, टिकटक, जुम केहि उदाहरण हुन् । यसकारण पनि अमेरिका र भारतजस्ता देशहरु डेटाको इस्यु देखाउदै चाइनिज कम्पनिको दबदबा रोक्ने प्रयासमा छन् ।

अमेरिकाले टिकटक किन्नुको रहस्य :

माइक्रोसफटले चाँडै नै टिकटक किन्ने तरखर गरिरहेको छ । माइक्रोसफटले अहिलेसम्म इनटरप्राइज सफ्टवेयर र क्लाउड कमप्यूटिङ्मा मात्रै काम गरिरहेको छ र टिकटक माइक्रोसफटको लागी नयाँ क्षेत्र हुनेछ । टिकटक किनेर माइक्रोसफटले डिजिटल विज्ञापन गर्ने क्षेत्रलाई फराकिलो बनाउन खोज्दैछ ।

टिकटकको करिब अमेरिकामा मात्रै ८० मिलियन यूजर छन् । टिकटकको हरेक यूजर बाट १ डलर पर क्वाटर प्राप्त हुन्छ । टिकटकलाई यूजरहरुले दिनमा करिब ५० मिनेट चलाउने गर्दछन् । माइक्रोसफटले टिकटक किनेर युवा वर्गलाई केन्द्रित गर्न पनि खोजेको हो । टिकटकको प्रयोगले माइक्रोसफटले आफ्नो एक्स–बक्सको कारोबार अझै बढाउन खोजेको हो । टिकटकको अमेरिकी अप्रेसनको करिब $ २० बिलियन वर्थ रहेको छ ।

अर्काे पक्षमा यो कारोबार माइक्रोसफटको लागी नराम्रो पनि हुन सक्छ । चीनले माइक्रोसफटलाइ परेको बेलामा अमेरिकाको मात्रै साथ दिएको पनि मान्न सक्छ र यसले माइक्रोसफटलाई चीनको तर्फबाट नराम्रो असर पर्न पनि सक्छ । अमेरिकी सरकारको दबाबको कारण पनि टिकटकलाइ आफ्नै अधिनमा राख्न यस्तो गरिएको पनि अनुमान छ । अबको आउँदो दिनमा चाँडै टिकटकको भविष्य निर्धारण हुन्छ ।