कीवर्डहरू -

भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद

भन्सार छली ल्याउँदै गरेको मोबाइल बरामद

झापाको मेचीनगर नगरपालिका-७ गैरीगाउँबाट भन्सार छली ल्याएको ८ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ । करिब २ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको ८ थान मोबाइल सेट सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न कम्पनीको उक्त मोबाइल ल्याएका मानिसहरुले प्रहरीलाई देखी मोबाइल फालेर फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

बरामद मोबाइल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।