कीवर्डहरू -

सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला, यस्तो छ फिचर अनि मूल्य  

सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला, यस्तो छ फिचर अनि मूल्य  

सामसङ नेपालले ग्यालेक्सी नोट २० र ग्यालेक्सी नोट २० अल्ट्राको प्रि बुकिङ खुल्ला गरेको छ । सामसङ नेपालले अफर सहित प्रि बुकिङ खुल्ला गरेको हो ।

ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ रहेको छ । भने ग्यालेक्सी नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९९९ रुपैयाँ रहेको छ । प्रि बुकिङ साउन २८ गतेदेखि भदौ १२ गतेसम्म मात्र खुल्ला रहने छ ।

यी मोबाइल फोन प्रि अर्डर गर्दा टुटफुटमा एकवर्षको इन्स्योरेन्स उपलब्ध रहेको कम्पनीले बताएको छ । साथै प्रि अर्डर गर्दा सामसङले गिफ्ट तथा छुट समेत प्रदान गर्ने जनाएको छ । यी फोन किस्तामा पनि खरिद गर्न सकिने छ ।

ग्यालेक्सी नोट २०

यसमा ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले रहेको छ । जसमा ६० हर्ज रिफ्रेस रेट रहेको छ । सुरक्षाको लागि यसमा कोर्निङ गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ ।

ग्यालेक्सी नोट २० मा ट्रिपल रियर क्यामेरा छन् । जसमा १२ मेगापिक्सेल वाइड क्यामेरा, ६४ मेगापिक्सेल टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा रहेको छ । यसले एट के फोर के भिडियो पनि सपोर्ट गर्छ ।

सेल्फी क्यामेरा १० मेगापिक्सेलको उपलब्ध छ । यसले फोर के भिडियो सपोर्ट गर्छ । नोट २० मा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । त्यस्तै यसमा ४३०० एमएएचको ब्याट्री राखिएको छ । यसले फास्ट चार्ज सपोर्ट गर्छ । नोट २० मा एन्ड्रोइड टेन ओएस रहेको छ ।

ग्यालेक्सी नोट २० अल्ट्रा

यसमा ६.९ डायनामीक एमोलेड डिस्प्ले उपलब्ध रहेको छ । जसमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । ग्यालेक्सी नोट २० अल्ट्रामा सुरक्षाको लागि कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्रयोग गरिएको छ ।

यस फोनमा पनि ट्रिपल रियर क्यामेरा छन् । जसमा १०८ मेगापिक्सेल मेन क्यामेरा, १२ मेगापिक्सेल टेलिफोटो क्यामेरा र १२ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर छन् । यसले एटके फोरके भिडियो सपोर्ट गर्छ ।

त्यस्तै यसमा १० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसले फोर के भिडियो सपोर्ट गर्छ । ग्यालेक्सी नोट २० अल्ट्रा ८ जीबी र्याम र १२ जीबी र्‍याममा उपलब्ध छ । भने १२८ जीबी, २५६ जीबी, ५१२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ ।

एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको यस फोनको ब्याट्री ४५०० एमएएचको रहेको छ । जसले फास्ट चार्ज सपोर्ट गर्छ ।