कीवर्डहरू -

यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो 

यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो 

स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्याकग्राउन्डमा अडियो मात्रै चलाएर अर्को काम गर्न सकिदैन् ।

हामीले युटयूबमा गीत सुन्दै अर्को केही काम गर्न चाहन्छौँ तर यो सम्भव हुदैन । त्यसको निम्ति हामीले यूटयूबको सब्सक्रिप्सन खरिद गर्नुपर्ने हुन्छ ।

आज हामी तपाईलाई यस्तो तरिका बारे जानकारी दिदैछौं जसले गर्दा तपाई आफ्नो स्मार्टफोनबाट युट्यूबमा  भएको भिडियोको ब्याकग्राउण्डमा अडियो मात्रै चलाउन सक्छौं ।

एन्ड्रोइड प्रयोगकर्ताको लागी

•    सुरुमा आफ्नो फोनमा भएको क्रोम ब्राउजरमा गएर यहाँ क्लिक गरी युट्युब खोल्नुहोस् ।
•    त्यसपछि तीनवटा डट भएको ठाउँमा क्लिक गर्नुहोस र डेक्स्टप साइटमा क्लिक गर्नुहोस् ।
•    डेक्स्टप साइटमा क्लिक गरेपछि तपाई जुन भिडियोको अडियो ब्याकग्राउण्डमा सुन्न चाहनुहुन्छ सो भिडियो ओपन गर्नुहोस् ।
•    भिडियो ओपन भएपछि होम बटन थिच्नुहोस् र क्रोमबाट बाहिर निस्कनुहोस् ।
•  क्रोमबाट बाहिर निस्कियपछि मोबाइलको नोटिफिकेसन देखाउँने ठाउँमा गएर प्ले बटनमा क्लिक गरी ब्याकग्राउण्डमा सुन्न सक्नुहुनेछ ।

आइओएस प्रयोगकर्ताको लागी

•    पहिले आफ्नो आइओएस डिभाइसमा यहाँ क्लिक गरी डल्फिन वेब ब्राउजर डाउनलोड गर्नुहोस् ।
•    डल्फिन वेब ब्राउजरमा यहाँ क्लिक गरी युट्यूवको साइट खोल्नुहोस् ।
•    त्यसपछि तपाई जुन भिडियो सुन्न चाहनुहुन्छ  त्यसलाई प्ले गर्नुहोस् ।
•    अनि डल्फिन वेब ब्राउजरबाट बाहिर निस्किने र मोबाइलको नोटिफिकेसन देखाउने ठाउँमा गएर प्ले बटन थिच्नुहोस् ।