कीवर्डहरू -

आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने छन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आइएमई पे नेपाल राष्ट्र बैंकबाट मोबाइल वालेट सेवा अनुमति प्राप्त गरेको छ ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर  मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।