कीवर्डहरू -

‘DocSumo’ ले प्राप्त गर्यो Better Capital, Techstars र Barclays बाट २ लाख २० हजार अमेरिकी डलर बराबरको बीज कोष 

यस स्टार्ट-अप कम्पनीले भर्खरै जम्मा भएको यो कोष अमेरिकामा बिक्री च्यानल निर्माण गर्न प्रयोग गर्ने छ र नयाँ सुविधाहरू विकास गर्नका लागि आफ्नो उत्पादन सुधार गर्ने छ

‘DocSumo’ ले प्राप्त गर्यो Better Capital, Techstars र Barclays बाट २ लाख २० हजार अमेरिकी डलर बराबरको बीज कोष 

सन् २०१९ मा स्थापना भएको DocSumo, document AI नामक स्टार्टअप कम्पनीले Rupeek, Open, Khatabook, YAP जस्ता अन्य थुप्रै लोकप्रिय फिनटेक कम्पनीमा लगानी गर्ने Better Capital नामक सुरुवाती स्टेज भेन्चर फर्मबाट बीज कोष उठाएको छ । यस राउण्डमा विश्वव्यापी विकासमा बढुवा ल्याउने TechStars र Barclays जस्ता कम्पनीले पनि सहभागिता जनाएका थिए जसले गर्दा यस कम्पनीले कुल २ लाख २० हजार अमेरिकी डलर रकम उठाउन सक्यो ।

यस स्टार्ट-अप कम्पनीले बैंक स्टेटमेन्ट र आइडी कार्ड जस्ता कागजातहरूलाई वित्तीय संस्थाका डेटाको रूपमा रूपान्तरण गर्ने सेवा प्रदान गर्छ जसले गर्दा वित्तीय कम्पनीहरूले डेटा क्याप्चर, विश्लेषण तथा ठगी पहिचान जस्ता सेवामार्फत कार्यालय खर्चमा ७०% सम्म बचत गर्न सक्छन्

\"\"

यस स्टार्टअप कम्पनीको इन्जिनियरिङ टोली नेपालको काठमाडौंमा छ भने मुख्य कार्यालय मुम्बईमा रहेको छ ।

मुम्बईमा मुख्यालय रहेको DocSumo लाई रकेट इन्टरनेट इन एसिया नामक फर्मका पूर्व प्रबन्ध निर्देशक रुषभ सेठ (CEO) र सोही फर्मका बिजनेस इन्टलिजेन्स तथा डेटा साइन्स प्रमुख रहेका बिक्रम दाहाल (CTO) मिलेर स्थापना गरेका थिए । यस स्टार्टअप कम्पनीको इन्जिनियरिङ टोली नेपालको काठमाडौंमा छ भने मुख्य कार्यालय मुम्बईमा रहेको छ ।  आफूले पहिले काम गर्ने फर्मको वित्तीय प्रमुखले बैंकका स्टेटमेन्ट र इनभ्वाइस मिलाउनमा धेरै दिन खर्चेको देखेका रुषभ र बिक्रमले डेटा विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा रहेको आफ्नो दक्षता प्रयोग गरेर Doscumo निर्माण गरे ।

डकुमेन्ट AI बजारको विश्वव्यापी मूल्य १.५ अर्ब डलर रहेको अनुमान गरिएको छ र कम्प्युटर भिजनमा भएको हालैका विकासले गर्दा यो ७०% को दरले वार्षिक रूपमा वृद्धि भइरहेको छ । DocSumo’s को मुख्य प्रविधिको प्लेटफर्मले बैंक स्टेटमेन्ट, पे स्टब, करसम्बन्धी डेटा र व्यवसायसम्बन्धी वित्तीय कागजातहरू जस्ता वित्तीय डेटाको वित्तीय अटोमेसन र विश्लेषण गर्नमा मद्दत गर्छ ।  यसले कम्पनी र फर्महरूलाई नमिलेका कागजातहरू मिलेका डेटामा रूपान्तरण गर्न मद्दत गर्छ । विभिन्नखाले विश्लेषणका प्रविधि र डेटा विज्ञान प्रयोग गरेर Docsumo ले आफ्ना ग्राहकलाई लाग्ने समय कम गर्न र अन्डरराइटिङ प्रकृयाको सटीकता तथा प्रभावकारीता बढाउन मद्दत गर्छ ।

\"\"

डकुमेन्ट AI बजारको विश्वव्यापी मूल्य १.५ अर्ब डलर रहेको अनुमान गरिएको छ र कम्प्युटर भिजनमा भएको हालैका विकासले गर्दा यो ७०% को दरले वार्षिक रूपमा वृद्धि भइरहेको छ । DocSumo’s को मुख्य प्रविधिको प्लेटफर्मले बैंक स्टेटमेन्ट, पे स्टब, करसम्बन्धी डेटा र व्यवसायसम्बन्धी वित्तीय कागजातहरू जस्ता वित्तीय डेटाको वित्तीय अटोमेसन र विश्लेषण गर्नमा मद्दत गर्छ ।

आफ्नो संस्थाको मुख्य मान्यताको कुरा गर्दा Docsumo को संस्थापक तथा CEO रुषभ सेठले भन्नुभयो, “अझै पनि भारतका धेरैजसो वित्तीय सेवा प्रदायक फर्महरूले आफ्नो कार्यालयका काम गर्न आउटसोर्स गर्छन् जसमा हजारौं मानिसले डेटा प्रविष्ट गर्ने र कागजात पुष्टि गर्ने पट्यारलाग्दो काम गर्छन् । यो खर्चालु र धेरै समय लाग्ने मात्र नभएर यसमा त्रुटी हुने सम्भावना धेरै हुन्छ । प्राकृतिक भाषा प्रक्रिया प्रयोग गरेर DocSumo ले कागजातहरू पढ्ने कार्यलाई स्वचालित बनाइदिन्छ जसले गर्दा कम्पानीहरूले छिटो र सटीक निर्णय गर्न सक्छन् । हाम्रो योजना एउटा नयाँ खालको AI समाधान निर्माण गर्ने रहेको छ जसले मानवले जस्तै गरी कागजातहरू पढ्न सकोस् र ती कागजातमा रहेका डेटालाई काम ल्याउन सकोस्” ।

DocSumo ले यो लगानी आफ्नो उत्पादन, मार्केटिङ तथा सेल्स इन्जिन मजबुत बनाउन र अमेरिका जस्ता नयाँ बजारमा प्रवेश गर्नमा प्रयोग गर्ने छ । यसका साथै, कम्पनीले API उत्पादनहरूको एउटा सुइट निर्माण गर्ने योजना बनाएको छ जसले गर्दा ऋणदाता तथा बीमा कम्पनीलाई आफ्ना कार्यहरू स्वचालित रूपमा गर्न मद्दत गर्ने छ र उनीहरू ग्राहकहरूलाई अझै राम्रो अनुभव प्रदान गर्न सक्ने छन् ।

“कागजातहरू उद्योगभरका साना तथा ठूला संस्थामा रहेका हजारौं कार्यप्रवाहको सुरुवाती विन्दु हुन् । DocSumo ले कागजातमा भएका डेटा तथा सन्दर्भ निकालेर आजसम्म कहिल्यै नभएको कागजातको अटोमेसन गर्नका लागि कम्प्युटर भिजन तथा प्राकृतिक भाषा प्रक्रिया गर्ने प्रणालीमा नयाँ कुराहरू निर्माण गरिरहेको छ । हामी DocSumo को यात्राको एउटा हिस्सा बन्न पाएकोमा उत्साहित छौं किनभने यसले विशाल तथा वृद्धि भइरहेको कागजातको AI को अवसर प्रयोग गर्छ”, Better Capital का वैभव दोमकुन्द्वर ले भन्नुभयो ।

\"\"

समय र पैसा बचत गर्नुका अलावा आइडी कार्ड, बैंक स्टेटमेन्ट र कर फिर्ती पढ्नका लागि Docsumo सँग धेरै खालका API उत्पादनहरू छन् । यो कम्पनी हाल भारतका ठूला ऋणदातासँग काम गरिरहेको छ, जस्तै PaySense (PayU ले लिएको) मा वास्तविक समयका ग्राहक अनबोर्ड गर्न र अमेरिकाका बिमा कम्पनीमा नितीसँग सम्बन्धित कागजातहरू पढ्ने कार्य सक्षम पार्न ।