कीवर्डहरू -

यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो

यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो

के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न देख्नबाट लुकाउन चाहनुहुन्छ ? यदी यसो हो भने इन्स्टाग्रामले केही वर्ष अगाडी सार्वजनिक गरेको एउटा फिचरको बारेमा जानकारी दिदैछौं ।

यो फिचरको नाम हो, अरकाइभ । जुन फिचरको सहयोगले आफुले अपलोड गरेको पुराना फोटो तथा भिडियोलाई लुकाउन र अरुले हेर्न नसक्ने बनाउन सकिने छ ।

अरकाइभमा राखेपछि फोटो तथा भिडियो प्रोफाइलमा देखिने छैन । अरकाइभमा राखेको पोष्ट प्राइभेट ट्याबमा जाने गर्दछ र यसलाई आफैले मात्र हेर्न ‍सकिने छ । अरकाइभ गरिएको पोष्टलाई फेरी रिस्टोर गर्न पनि मिल्छ ।

आफूले अरुलाई नदेखाउन चाहेको फोटो तथा भिडियोलाई अरकाइभ गर्न उक्त पोष्टमा गएर तीनवटा डट भएको अप्सनमा थिच्ने । त्यसपछि त्यहाँ अरकाइभ अप्सन देखिने छ । उक्त अरकाईभ अप्सनमा थिचेपछि तपाईको गरेको पोष्ट अरु कसैले देख्न पाउने छैन् ।