कीवर्डहरू -

कोरोना बारे गलत सूचना फैलिन रोक्न फेसबुकको नयाँ फिचर

कोरोना बारे गलत सूचना फैलिन रोक्न फेसबुकको नयाँ फिचर

तस्वीरः फेसबुक

फेसबुकले कोरोना भाइरस बारे गलत सूचना फैलिन रोक्नको लागी नयाँ फिचर ल्याएको छ । यो फिचरको अन्तर्गत अब देखि स्क्रीनमा कोभिड–१९ को बारेमा लेख शेयर गर्दा नयाँ नोटिफिकेसन आउने छ ।

यो नोटिफिकेसनले यो लिङ्क कहाँको हो , पहिलो चोटी कसले शेयर गरेको थियो जस्तो कुराहरुको बारेमा जानकारी दिनेछ । यो फिचर कोरोना बारे गलत जानकारी रोकथाम गर्नको लागी ल्याएको बताइएको छ ।

फेसबुकले प्रयोगकर्तालाई आफ्नो आधिकारिक साइटमा गएर जानकारी लिनको प्रेरित गर्नेछ । गलत सूचना धेरै आयो भने डब्लुएचओ, सरकारी स्वास्थ्य केन्द्र, अरु चर्चित स्वास्थ्य साइटहरुको महत्वपूर्ण जानकारी भने आउदैन । त्यही कारणले फेसबुकले सकेसम्म गलत लेखहरुमा रोक लगाउन खोजेको छ ।

एजेन्सीको सहयोगमा