कीवर्डहरू -

‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न नेपाली सेनालाई महावीर पुनको सुझाब

‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न नेपाली सेनालाई महावीर पुनको सुझाब

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले नेपाली सेनालाई ‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्न सुझाब दिएका छन् । बिहीबार नेपाली सैनिक वार कलेज नगरकोटमा ‘नेपालमा अनुसन्धान तथा विकासको आवश्यकता’ भन्ने विषयमा भएको अन्तरक्रियामा पुनले यस्तो बताएका हुन् ।

‘नेपाली सेनाले पनि अनुसन्धान गरेर सेना कै प्रयोगको लागि चाहिने सम्भव भए सम्मका विभिन्न किसिमका मिलिटरी सामानहरुको विकास गर्न र ति सामानहरु उत्पादन गर्न एउटा ‘नेपाली सैनिक अनुसन्धान केन्द्र’ खोल्यो भने र त्यसकाममा नेपाली ईन्जिनियरहरु लाई नै प्रयोग गर्‍यो भने प्रतिभाशाली सन्ततिहरुको लागी पनि सुवर्ण अवसर प्राप्त हुने थियो । सो केन्द्रमा सम्भव भए सम्मका मिलिटरी टुल्स, आवश्यक सामग्री, रोबोट, हतियार तथा सुरक्षाको दृष्टिकोणले अति संबेदनशिल कुराहरुमा अनुसन्धान तथा विकास गर्न सकिन्छ’ उनले भने ।

त्यस्तै पुनले सेनाले २० देखि २५ करोड रुपैंयाँसम्म खर्च गरेर हाल सेना कै मातहतमा रहेको सुन्दरीजल आर्सनल र सेनाको मर्मत सम्भार केन्द्रमा विभिन्न किसिमको आधुनिक सिएनसी, लेजर सहित मेकानिकल र ईलेकट्रोनिकका उपकरणहरु किनेर अनुसन्धान तथा विकासको काम गर्न पनि पुनले सुझाब दिए ।

सो अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाले चाहेको र आँट गरेको खण्डमा सेना र राष्ट्रिय आविष्कार केन्द्र मिलेर विभिन्न किसिमका अनुसन्धान तथा विकासका कामहरुमा सहकार्य गर्न सकिने कुरा पनि उनले जानकारी दिए ।