कीवर्डहरू -

शुक्रबारदेखि भर्चुअल \'टेक कन्क्लेभ २०२०\' सुरु हुदै, यसरि हुनुहोस सहभागी

शुक्रबारदेखि भर्चुअल \'टेक कन्क्लेभ २०२०\' सुरु हुदै, यसरि हुनुहोस सहभागी

भोलिबाट नेपालमै पहिलो पटक आयोजना भएको 'टेक कन्क्लेभ' सुरु हुने भएको छ । कोड फर चेन्जले प्रविधिको क्षेत्रमा केही सहुलियत पुगोस भन्ने उदेश्यका साथ् आयोजना गरेको भर्चूअल टेक इभेन्ट ‘टेक कन्क्लेभ २०२०’ साउन ३० गते शुक्रबारदेखि सुरु हुने भएको हो ।

कोड फर चेन्ज विगत केही वर्ष देखि प्रविधिसँग जोडिएर आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ ।

यसै क्रममा लकडाउनले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केही टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ कोड फर चेन्ज भर्चुअल टेक इभेन्टको आयोजना गरेको हो ।

कोरोना भाइरसका कारण भौतिक रुपमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछि कोड फर चेन्जले नेपालमै पहिलोपटक भर्चुअल कार्यक्रम गर्न लागेको हो ।

यस कार्यक्रमको मुख्य उदेश्य भनेको निष्क्रिय भएर बसिरहेका विद्यार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु बारे जानकारी दिनु, अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न विद्यार्थीहरुले गरेका  परियोजनाहरुको प्रवर्द्धन गर्नु रहेको कोड फर चेन्जका रियोजना प्रमुख निराजन क्षेत्रीले बताए ।

\"\"
कार्यक्रममा विद्यार्थी, शिक्षक , शैक्षिक संघ सस्था तथा समाजसेवी र प्रविधिमा आस्थावान तथा जिज्ञासु मानिस गरी एक हजार भन्दा भन्दा बढीको उपस्थिति रहन सक्ने अपेक्षा गरिएको छ ।

उनका अनुसार यो कार्यक्रम ३ दिन सम्म संचालन हुने र सबै दिनमा हुने क्रियाकलाप हरु विशेषगरी प्रविधिलाई प्रवर्द्धन गर्ने खालको हुने  तथा केही भने अन्य उपस्थितहरुलाई समेत लक्षित गर्ने गरी हुने छ ।

कार्यक्रम साउन ३०, ३१, र ३२ गते संचालन हुने छ भने हरेक दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्मको समयमा संचालन गरिने गरी तयारी गरिरहेको समेत क्षेत्रीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन यो लिंकमा क्लिक गरि रजिस्ट्रेशन गर्नुपर्नेछ ।