कीवर्डहरू -

सामसुङको नयाँ ग्यालेक्सी एस ९ र एस ९ प्लसमा यस्ता छन् फिचरहरु

सामसुङको नयाँ  ग्यालेक्सी एस ९ र एस ९ प्लसमा यस्ता छन् फिचरहरु

सामसुङले केहि समय अघि आफ्नो बहुप्रतिक्षित फ्लागशिप स्मार्टफोन,ग्यालेक्सी एस ९ र एस ९ प्लस सार्वजनिक गरेको छ । सामसुङले बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेस इभेन्टमा उक्त फोन सार्वजनिक गरेको हो। यी फोनमा फ्रन्ट र ब्याकमा पनि ग्लास राखिएको छ,मेटल फ्रेम,कर्भ्ड एज,वाटर रेसिस्ट्यान्ट तथा वायरलेस चार्जीङ सिस्टम लगायतका बिशेषताहरु यसमा समाबेश छन् ।

ग्यालेक्सी एस ९ मा ५.८ इन्चको स्क्रिन र एस ९ प्लसमा ६.२ इन्चको ठुलो स्क्रिन छ । दुवै स्मार्टफोनहरु ८.५ एमएम मोटाइ र कर्भ्डस्क्रिन सहितको रहेको छ । यी फोनहरुमा,बेजेल लेस,स्टेरियो स्पिकर्स आदि फिचर्स रहेको छ । यो वर्ष एस ९ प्लसमा, एस ९ को तुलनामा धेरै स्टोरेज रहेको छ ।

साथै सामसुङको नोट ८ मा जस्तै यसमा पनि डुअल क्यामेरा फिट गरिएको छ,जसमा टेलीफोटो क्यामेरा समाबेश छ । सामसुङले यी फोनहरुमा डल्बी एटमस स्पिकर जडान गरेको छ। यसकारण ह्यान्डसेटले सिनेम्याटिक साउण्ड उत्पादन गर्द्छ ।

सामसुङले यी दुइ नयाँ ह्यान्डसेटमा फिंगर प्रिन्ट स्क्यानर क्यामेराको ठिक तल पट्टि सारेको छ । फोनको थप सुरक्षाको निमित्त ग्यालेक्सी एस ९ र एस ९ प्लसमा इन्टेलीजेन्ट स्क्यान समेत दिईएको छ । इन्टेलीजेन्ट स्क्यानमा फेस तथा आइरिस स्क्यानर समाबेश छ।

आइफोन एक्समा जस्तै यसमा पनि एनइमोजीको फिचर रहेको छ । यो फिचरले युजरको फेस अनुसारको इमोजी तयार गर्दछ । यसमा इमोजी कार्टुनको स्किन कलर र ड्रेस युजरले आफ्नो इच्छा अनुसारको बनाउन सक्छन् । थप यो फिचरमा युजरले चस्मा,हेयर स्टायल आदि समेत परिवर्तन गर्न सक्छन् । सामसुङले यसपटक अघिल्लो बर्षको ह्यान्डसेटमा रहेको कमिकमजोरीलाई सुधार गरेको छ र उच्चस्तरीय नयाँ प्रबिधिको समेत प्रयोग गरेको छ ।यसकारण सामसुङको यो नयाँ ग्यालेक्सी एस ९ र ९ प्लसले बजारमा आइफोन एक्स सँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सामसुङ ग्यालेक्सी एस ९ को स्पेसीफिकेशन

सामसुङ ग्यालेक्सी एस ९ मा ५.८ इन्चको सुपर एमोलेड डिस्प्ले र फ्रन्ट र ब्याकमा गोरिल्ला ग्लास ५ प्रोटेक्सन दिईएको छ । यसमा १४४० x २९६० पिक्सेल रेजोलुसन १८.५:९ एस्पेक्ट रेसियोमा रहेको छ । एस ९ मोडलमा  स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेट प्रयोग भएको छ ।

यसका साथै  ४ जीबी र्याम प्रयोग भयेको यो डिभाइमा ६४/१२८/२५६  जीबी इन्टरल स्टोरेज भेरियन्ट उपलब्ध छ  । जसलाई २५६ जीबी  सम्म बढाउन सकिन्छ । यसको साथै फोनमा  क्यामेराको कुरा गर्दा यसमा डबल एपर्चर रहेको छ । रीयरमा एफ/१.५-एफ/२.४ एपर्चर सहितको १२ एमपिको क्यामेरा यसमा छ । यसमा डुअल पिक्सेल पीडीएएफ,ओआईएस,एलइडी फ्ल्याश आदि फिचर्स रहेका छन् । यसका साथै सेल्फीका लागि एफ/१.७ एपर्चर सहितको ८ एमपी क्यामेरा राखिएको छ ।

सामसुङ ग्यालेक्सी एस ९ मा कनेक्टिभीटिमा ब्लटुथ ५.०,ए-जीपीए,३ जी,४जि एलटिइ,युएसबी टाईप सी ३.१ आदी फिचर्स रहेका छन् । यसका साथै आईरिस स्क्यानर,फिंगर प्रिन्ट,एक्सेलेरोमीटर,जायरो,प्रोक्सीमिटि कम्पास,हार्ट रेट,एसपीओ २ लगायतका सेंसर यसमा छन् ।

३००० एमएएचको पावरफुल ब्याट्रीको प्रयोग भएको यो फोनमा,एकेजी स्टर्रियो स्पिकर,ईन्टेलिजेंट स्क्यान, सामसुङ डीएक्स,एआर इमोजी ,३.५ एमएम हेडफोन ज्याक र आइपिएस ६८ सर्टिफाइड,फास्ट चार्जिङ लगायतका फिचर्स उपलब्ध छन् ।  बजारमा ग्यालेक्सी एस ९ को मिडनाइट ब्ल्याक,टिटनियम ग्रे ,पर्पल र कोरल ब्लु कलर भेरियन्ट कलरमा उपलब्ध छन् ।

\"\"

सामसुङ ग्यालेक्सी एस ९ प्लसको स्पेसीफिकेशन :

सामसुङ ग्यालेक्सी एस ९ प्लसमा ६.२ इन्चको ठुलो सुपर एमोलेड डिस्प्ले छ । यसका साथै फोनको अगाडी र पछाडी दुवै साइडमा गोरिल्ला ग्लास ५ को सुरक्षा प्रदान गरिएको छ । सामसुङको यो नयाँ डिभाइसमा १४४० x २९६० पिक्सेलको रेजोलुसन र १८.५ : ९ को एस्पेक्ट रेसियो रहेको छ । यसका साथै ५२९ पीपीआइ पिक्सेल डेन्सीटि यसमा छ ।

एन्ड्रोइडको ८.१ ओरियो ओपरेटिङ सिस्टम सिस्टममा चल्ने सामसुङ ग्यालेक्सी एस ९ प्लसमा स्न्यापड्रागन ८४५ र एक्सीनस ९८१० को चिपसेटको प्रयोग गरिएको छ । यसका साथै ६ जीबी र्याम तथा ६४/१२८/२५६ जीबी इन्टरनल स्टोरेज भेरिएन्टमा यो उपलब्ध रहेको छ । जसलाई एसडीकार्डको सहयोगमा २५६ जीबी सम्म बढाउन सकिन्छ ।

सामसुङको यो नयाँ डिभाइसमा क्यामेराको कुरा गर्दा,यसमा डुअल एपर्चर रहेको छ। यसमा १२+१२ मेगपिक्सेलको डुअल रियर क्यामेरा छ,यसमा एफ/१.५ र एफ/२.४ गरि दुइवटा एपर्चरहरु राखिएको छ । रियर क्यामेरामा ओआइएस,फेज डीटेक्सन अटोफोकस,२ x अप्टिकल जुम तथा एलइडी फ्ल्याश जस्ता फिचर्सहरु यो फोनमा समाबेश छ । यसका साथै यो फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ, यसमा एफ/१.७ एपर्चर रहेको छ ।

वाईफाई,ब्लुटुथ ५.०,ए जीपीएस,३ जी,४जि एलटिइ,युएसबि टाइप सी ३.१ आदि कनेक्टिभिटी फिचर्स यो फोनमा छ । साथै सेन्सरहरुमा आइरिस स्क्यानर,फिंगरप्रिन्ट,एक्सेलेरोमिटर,जायरो,प्रोक्सीमिटि,कम्पास,ब्यारोमिटर ,हार्ट रेट एसपीओ २ लगायतका फिचरहरु छन् । यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि यो फोनमा ३५०० इमएएचको नन् रेमुभेबल ब्याट्रीको प्रयोग गरिएको छ ।

यी बाहेक फोनमा एकेजी स्टेरियो स्पिकर,इन्टेलीजेन्ट स्क्यान,एआर इमोजी,३.५ एमएम हेडफोन ज्याक आदि फिचर्स यसमा छ र आइपी ६८ सर्टिफाइड भएका कारण यसमा धुलो तथा पानी यसमा पस्न सक्दैन । यो सँगसँगै यसमा वायरलेस फास्ट चर्जीङ सिस्टम र स्लोमोसन एचडी भिडियो समेत खिच्न मिल्छ ।

सामसुङ ग्यालेक्सी एस ९ प्लस मिडनाइट ब्ल्याक, टिटानियम ग्रे,पर्पल तथा कोरल ब्लु कलर अप्सनमा बजारमा उपलब्ध छ ।