कीवर्डहरू -

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने 

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने 

अब बोलेरै नेपाली टाइपिङ गर्न सकिने भएको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको ‘हाम्रो नेपाली किबोर्ड’ ले भ्वाइस टाइपिङ सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो ।

यो सुविधा सँगै हाम्रो नेपाली किबोर्ड नेपाली संस्करणको पहिलो एप बनेको छ, जसले तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।

भ्वाइस टाइपीङ सुविधा

नयाँ अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनैपनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्टाटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सकिने सुविधा प्रदान गर्नेछ ।

हाम्रो नेपाली किबोर्डको जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेर गर्न सकिने छ ।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ । यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्ने छन । यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ ।

किबोर्डको आकार बढाउने सुविधा

टाइपिङमा आवश्यकता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधा एपको नयाँ अपडेट मार्फत प्राप्त गर्न सकिने छ । जसको लागि  हाम्रो नेपाली किबोर्ड एपलाई अपडेट गर्न सकिने छ ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवश्यकता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो वा ठुलो बनाउन सक्ने सुविधा समेत समेटिएको छ नयाँ अपडेटमा । जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्ने कम्पनीले जनाएको छ ।