कीवर्डहरू -

रिलायन्स फाइनान्स र एफ्वान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्स र एफ्वान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफ्वान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफ्वान सफ्ट इन्टरनेशनलका सिइओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने ‘रिलायन्स फाइनान्ससँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ’ ।

सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो ।

नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ ।

रिलायन्स फाइनान्स लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्रबैंकबाट अनु्मति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो ।

बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४ औँ फाइनान्स् कम्पनीका रूपमा सुरू भएको थियो । विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबाईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।