कीवर्डहरू -

माछापुच्छ्रे बैंकद्वारा विच्याट वालेटको भुक्तानी सुरु

माछापुच्छ्रे बैंकद्वारा विच्याट वालेटको भुक्तानी सुरु

माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विच्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रालीसँगको सहकार्यमा विच्याट वालेट सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै विच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवाको सुरुवात गरेको हो ।

अबदेखि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकमा आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्नु पर्ने रकम क्यूआर कोड स्क्यान गरी विच्याट वालेटबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।