कीवर्डहरू -

\'कोड फर चेन्ज\'ले आयोजना गरेको भर्चुअल \'टेक कन्क्लेभ\' जारी

\'कोड फर चेन्ज\'ले आयोजना गरेको भर्चुअल \'टेक कन्क्लेभ\' जारी

'कोड फर चेन्ज'ले शुक्रबारदेखि 'टेक कन्क्लेभ २०२०' सुरु गरेको छ। लकडाउनले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिको क्षेत्रमा केहि योगदान पुगोस भन्ने उदेश्यका साथ् टेक  कन्क्लेभ शुरु भएको आयोजकले जनाएको छ  ।

कोड फर चेन्जले विगत केहि वर्ष देखिनै प्रविधिसंग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ ।  यसै क्रममा लकडाउनले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ भर्चुवल टेक इभेन्ट गर्न थालेको आयोजकको भनाइ छ ।

शुक्रबारबाट संचालित उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागी हरु रहेका थिए ।

 कोभिड १९ बाट अस्तव्यस्त भई लकडाउनको अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछी कोड फर चेन्जले नेपालमै पहिलोपटक यस भर्चुवल कार्यक्रम गर्न थालेको छ । निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका  परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको Code for Change का परियोजना प्रमुख निराजन क्षेत्रीले बताए  ।


कार्यक्रम श्रावण ३० गतेबाट शुरु भएको र उक्त कार्यक्रम यहि श्रावण ३२ गते सम्म संचालन हुने छेत्रीले जानकारी दिए । शुक्रबारबाट संचालित उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागी हरु रहेका थिए ।

उक्त कार्यक्रममा बन्दाबंदिमा विधार्थी र विश्वविधालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुरा आएको थियो भने उधमशिलतामा कसरि र कहाँ बाट  शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र  त्यति मात्रै नभएर स्थानिय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधि को सम्बन्ध समेत स्पस्ट पारिएको थियो। यस संगै विभिन्न Quiz, PUBG जस्ता खेलहरु समेत खेलाईएको थियो।

उक्त कार्यक्रम थप  दुई (२) दिन सम्म चल्ने र ति दुई दिनमा अझै उधमशिलता मा अगाडी बढ्न प्रोत्साहन गर्ने , शिक्षा प्राणालिको विश्लेषण तथा वैकल्पिक उपाएहरुको खोजि गरिनेछ भने विधार्थीहरुले गर्नुभएको परियोजनाहरुको बढुवा गर्ने हेतुले विभिन्न परियोजनाहरु समेत प्रस्तुत गरिनेछ र रमाइलो को लागि PUBG र Quiz को अन्तिम भाग समेत खेलाइने भएकोले सबै इच्छुक हरुलाई उक्त कार्यक्रमा उपस्थित हुन समेत आव्ह्वान गरिएको छ।