कीवर्डहरू -

यसरी सफा गर्नुहोस् आफ्नो स्मार्टफोन

यसरी सफा गर्नुहोस् आफ्नो स्मार्टफोन

स्मार्टफोन आजकाल प्राय हरेक मान्छेले प्रयोग गर्ने गरेका छन् । हामीले प्रयोग गर्ने फोन बाथरुम, जीम, सार्वजनिक गाडी, आफ्नो पकेट जहाँ पायो त्यही राख्छौँ ।

यसले गर्दा फोन किटाणुहरुको लागी सबैभन्दा ठूलो प्रजनन स्थल बन्न पुग्छ र यसले गर्दा थुप्रै रोगहरु पनि लाग्न सक्छ । हामीले आफ्नो मोबाइलको स्टोरेज त खाली गरेर फोनलाई भित्र बाट सफा गर्छौँ तर बाहिरी रुपमा सफा पार्न पनि एकदमै जरुरी हुन्छ ।

आज हामीले तपाईलाई आफूले प्रयोग गर्ने फोनलाई कसरी सफा गर्ने भनेर जानकारी दिदेछौं ।

फोनलाई पुछ्ने

एउटा सानो कपडाको टुक्रा या एन्टी ब्याकटेरियल वाइपको मद्दतले फोनलाइ पुछेर पनि धेरै किटाणुहरु हटाउन सकिन्छ । माइक्रोफाइबर वाला कपडाले पुछदा राम्रो हुन्छ र कपडा सफा र सुख्खा हुनुपर्छ । ग्लासलाई पुछ्न थोरै सफा पानी वा रक्सीको प्रयोग गर्न सकिन्छ जसले गर्दा धुलो, पसिनाको दाग आदि मेटिएर राम्रो देखिन्छ ।

ईयर बड् र टूथपीकको प्रयोग

ग्लास र फोनको बिचमा रहेको सानो ठाँउलाई कपडाले पनि भेटिदैन । यस्तो ठाँउलाई टूथपीकको प्रयोगले फोहोर हटाउन सकिन्छ । होम बटन र स्पीकरको पनि टूथपीक या कपासको कान सफा गर्नैको प्रयोगले सफा गर्न सकिन्छ ।

आफ्नो फोन कभरलाई सफा गर्ने

फोनको पछाडिको भागमा ठूलो स्पेस हुने र त्यहाँ किटाणुहरुलाई प्रजननमा सहज हुने हुँदा आफ्नो फोन कभरलाई सफा गर्नु अत्यावश्यक कुरा हो ।

यदी फोन कभर पोली कार्बोनेट वा टीपीयूको बनेको छ भने त्यसलाई पानीमा पखालेर हेयर ड्रायरले सुकाउन सकिन्छ । तर यदि तपाईको फोन कभर कपडाले बनेको छ भने कपडालाई थोरै रक्सीमा भिजाएर सफा गर्न सकिन्छ ।

मोबाइल एक्सेरिजलाई सफा गर्ने

पानी रक्सीको घोलले माइक्रोफाइबर वाला कपडाको प्रयोगले ईयरफोन, चार्जर र अरु मोबाइल एक्सेसरीजलाई सफा गर्न सकिन्छ ।