कीवर्डहरू -

भिडियो कल गर्न सकिने डेटिङ एप टिन्डरको फेस टू फेस फिचर

भिडियो कल गर्न सकिने डेटिङ एप टिन्डरको फेस टू फेस फिचर

कोरोना भाइरसको कारणले गर्दा सामाजिक दूरी कायम गर्नु परेका अवस्थामा बाहिर गएर कसैलाई भेट्ने स्थिती छैन । यस्तो समस्याले डेटिङ्ग एपहरु एकदमै मर्कामा परेका छन् । भेटघाटनै नभएपछि एप चलाउन गाह्रै भएको छ ।

यही परिस्थितीलाई मध्यनजर गरेर टिन्डर नामक डेटिङ्ग एपले केही समय अगाडी भिडियो कलको फिचर ल्याएको थियो । यो फिचरको सहयोगले भिडियो कल गर्न सकिने छ । यस फिचरको नाम फेस टु फेस रहेको छ ।

तर भिडियो कल गर्न दुबै प्रयोगकर्ताले यो फिचरलाई इनेबल गरेको हुनुपर्ने छ । प्रयोगकर्ताले जुन कुनै बेला पनि यो फिचरलाई डिसेबल गर्न सक्छन् । प्रयोगकर्ताले भिडियो अन गर्नु अघि ग्राउन्ड नियमावलीहरुलाई मान्नु पर्ने हुन्छ ।

टिन्डरले यो महामारीको बिचमा पासपोर्ट फिचर पनि ल्याएको थियो । यो फिचरको मद्दतले विश्व भरिको मान्छे सँग जहाँ बाट कुरा गर्न सकिन्छ । सर्वेक्षणको अनुसार ४० प्रतिशत प्रयोगकर्ताले यो फिचर प्रयोग गर्ने पाइएको छ ।