कीवर्डहरू -

निर्मलालाई न्यायको माग गर्दै प्रधानमन्त्रीको प्रोफाइलमा लाखौको कमेन्ट

निर्मलालाई न्यायको माग गर्दै प्रधानमन्त्रीको प्रोफाइलमा लाखौको कमेन्ट

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै युवाहरुले आइतबारदेखि फेसबुक पोष्टमा कमेन्ट गर्न थालेका छन् । 'मेन्स रुम रिलोडेड' नामक फेसबुक ग्रुप मार्फत यो अभियान बढी सक्रिय भएको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका शीर्ष नेताले गरेका प्रोफाइल फोटोका साथै फेसबुक पोष्ट तथा विभिन्न अनलाइन मिडियाले आफ्नो आधिकारिक पेजबाट पोष्ट गरेका न्यूजमा पनि युवाहरूले कमेन्ट गर्न थालेका हुन् । \"\"

युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली  सहित प्रचण्ड, शेर बहादुर देउवा, गृहमन्त्री राम बहादुर थापा लगायतका फोटोमा निर्मला पन्तलाई न्यायको माग गर्दै ह्यास ह्याग जस्टिस फर निर्मला (#JusticeForNirmala) भन्दै  कमेन्ट गरिरहेका छन् । प्रधानमन्त्रीको फेसबुक प्रोफाइल तस्बिरमा अहिलेसम्म झन्डै ३ लाख कमेन्टहरु लेखिएका छन् । अन्तरास्ट्रिय संघ सस्था र मिडियामा समेत कमेन्ट गरेर ध्यानाकर्षण गराउन खोजिएको छ  ।