कीवर्डहरू -

प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’, परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द

प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’, परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द


लोकसेवा आयोगले प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’ भएको शंका लागेपछि लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।  लिखितको परिणाम आएको झन्डै ५० दिनपछि आयोगले नतिजा र परीक्षाको प्रक्रिया रद्द गरेको हो । 


आयोगले गत बिहीबार विज्ञापन नं.१७१६७ र ०७६/७७ वाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । आयोगले उक्त पदका लागि पुनः लिखित परीक्षा लिने जनाएको छ । तर, यसअघि दरखास्त स्वीकृत भएका व्यक्तिहरू मात्रै परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

आयोगले गत बिहीबार विज्ञापन नं.१७१६७ र ०७६/७७ वाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।


राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधिविज्ञको रिक्त एक पदका लागि आयोगले गत पुसको १५ र १६ गते लिखित परीक्षा लिएको थियो । त्यसको नतिजा असार ११ गते आएको हो । लिखितमा तीन जना उत्तीर्ण भएका थिए । उनीहरूको अन्तर्वार्ता असार ३१ गते तोकिएको थियो । आयोग स्रोतका अनुसार अन्तर्वार्ताभन्दा आधा घण्टा अगाडि आयोग अध्यक्ष उमेश मैनालीलाई लिखित परीक्षाको परिणाममा परीक्षार्थी र कापी जाँच्ने विज्ञबीच ‘सेटिङ’ भएर परिणाम आएको सूचना आएको थियो ।


सहसचिव पदको अन्तर्वार्ता अध्यक्ष नेतृत्वकै टोलीले लिने हो । अध्यक्ष, आयोगका अन्य पदाधिकारी र एकजना विज्ञ सम्मिलित अन्तर्वार्ता टोली अन्तर्वार्ता लिन तयार रहेका बेला आएको सूचनाका आधारमा तत्कालै अन्तर्वार्ता स्थगित गरिएको थियो । उक्त सूचनामा विश्वास गर्न सकिने केही आधार भेटिएपछि थप छानविन तथा परीक्षाको मर्यादा उच्च राख्न तत्कालै अन्तर्वार्ता स्थगित गरिएको आयोग उच्च स्रोतले जनाएको कान्तिपुरमा उल्लेख गरिएको छ ।