कीवर्डहरू -

टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै

टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै

अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२०  अर्थात २०७७ भाद्र १ सोमबारका दिन स्मार्ट कनेक्ट र एबिएस् सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।

मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारिको वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत सार्वजनिक गर्न लागेको हो भने सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।

जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२०  अर्थात २०७७ भाद्र १ सोमबारका दिन स्मार्ट कनेक्ट र एबिएस् सहितको आफ्नो २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।

यो कार्यक्रम एउटा खुल्ला सहभागीता मुलक समारोह रहेको छ, जसमा कम्पनीले उपलब्ध गराउने लिंक https://www.facebook.com/jmtvs/live को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउने छन्।


उक्त लाईभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने भएका छन्। नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्ने छन्।