कीवर्डहरू -

इन्फिनिक्स नोट सेभेन स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

इन्फिनिक्स नोट सेभेन स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य अनि फिचर

इन्फिनिक्सले नेपाली बजारमा इन्फिनिक्स नोट सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६.९ इन्च पञ्चहोल एचडी प्लस डिस्प्ले रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा सुरक्षाको लागि फ्रन्टमा कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ । भने १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा मिडिया टेक हेलियो जी ७० चिपसेट राखिएको छ । यसमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ । यस फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । यसमा फिङ्गरप्रिन्टको सुविधा पनि रहेको छ । नेपाली बजारमा इन्फिनिक्स नोट सेभेनको मूल्य २१ हजार ९९० रुपैयाँ रहेको छ ।