कीवर्डहरू -

फ्लासब्याक आइसिटी अवार्ड : यस्ता छन अहिलेसम्मका अवार्ड विजेताहरु 

पाचौं सस्करणको आइसिटी अवार्ड सन् २०२०को डिसेम्बर पहिलो हप्ता आयोजना हुनेछ । नोमिनेशन दर्ता गर्न ICTAWARD.ORG मा गएर आफुले नोमिनेशन गर्न खोजेको विधामा फारममा सोधिएका कुराहरु समाबेश गरेर बुझाउनु पर्नेछ ।

फ्लासब्याक आइसिटी अवार्ड : यस्ता छन अहिलेसम्मका अवार्ड विजेताहरु 

लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि नेपालमा सूचना प्रविधिको क्षेत्रका उत्कृष्टहरुलाई सम्मान गर्ने कार्यक्रम आइसिटी अवार्ड को आयोजना गर्दै आइरहेको छ । अहिले पाचौ आइसिटी अवार्डको अनलाइन नोमिनेशन जारी छ । कोभिड १९ ले निम्त्याएको संकटको कारण यस वर्षको आइसिटी अवार्ड केहि महिना पछि डिसेम्बर पहिलो हप्ता आयोजना हुनेछ ।

यस अघि ४ संस्करणका आइसिटी अवार्डहरु आयोजना भइसकेको छ । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्ड २०२० सम्म आइपुग्दा यसको महत्व उत्तिकै बढिरहेको छ । अवार्ड विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पाएको रेसपोन्स, सपोर्टले अवार्डको महत्व दर्र्शाएको छ । नेपालमा प्रविधि क्षेत्रको एक विशिष्ट अवार्डको रुपमा यसले पहिचान बनाइरहेको अवस्थामा आयोजकलाई थप परिस्कृत र उत्कृष्ट बनाउने दायित्व थपिएको आयोजक समितीका अध्यक्ष राजन लम्साल बताउछन ।

\"\"

पाचौं सस्करणको आइसिटी अवार्ड सन् २०२०को डिसेम्बर पहिलो हप्ता आयोजना हुनेछ नोमिनेशन दर्ता गर्न ICTAWARD.ORG मा गएर आफुले नोमिनेशन गर्न खोजेको विधामा फारममा सोधिएका कुराहरु समाबेश गरेर बुझाउनु पर्नेछ ।

पाचौं सस्करणको आइसिटी अवार्ड सन् २०२०को डिसेम्बर पहिलो हप्ता आयोजना हुने उनले बताए । भदौ १५ गतेसम्म अनलाइन नोमिनेशनको प्रकृया चलिरहेको र त्यस पश्चात छनौट प्रकृया सुरु हुने आयोकले जानकारी दिएको छ । नोमिनेशन दर्ता गर्न ICTAWARD.ORG मा गएर आफुले नोमिनेशन गर्न खोजेको विधामा फारममा सोधिएका कुराहरु समाबेश गरेर बुझाउनु पर्नेछ । यस वर्ष १४ जना जुरी सदस्य र १० बढि विशिष्ट सल्लाहकार सदस्यहरु छनौट प्रकृया निष्पक्ष र व्यवस्थित बनाउने प्रयासमा सहभागी हुनुहुनेछ । नेपाल सरकारको विभिन्न निकाय, नीजि क्षेत्रका संघसस्थाहरुको सहकार्य र सहयोगमा आइसिटी अवार्डको आयोजना भइरहेको छ ।


आइसिट अवार्ड २०१६

\"\"

कम्प्युटर बैज्ञानिक मुनि वहादुर शाक्यलाई पायोनियर आइसिटी अवार्ड २०१६ प्रदान गरिएको थियो ।

पहिलो आइसिटी अवार्ड सन् २०१६ मा आयोजना भएको थियो । वल्र्ड ट्रेड सेन्टरको हलमा आयोजना भएको कार्यक्रममा दुई विधामा ५ वटा अवार्ड प्रदान गरिएको थियो । लिभिङ विथ आइसिटीको चौथो वार्षिकउत्सव जुन २२, २०१६ मा पहिलोपटक आयोजना भएको अवार्डमा ४ स्टार्टअप कम्पनीलाई स्टार्टअप आइसिटी अवार्ड प्रदान गरिएको थियो भने कम्प्युटर बैज्ञानिक मुनि वहादुर शाक्यलाई पायोनियर आइसिटी अवार्ड २०१६ प्रदान गरिएको थियो ।

फिनाले कार्यक्रममा ३५० जनाबढिको सहभागिता रहेको थियो । तत्कालिन सञ्चार तथा सुचना प्रविधि मन्त्री शेरधन राईको मुख्य उपस्थितीमा अवार्ड वितरण गरिएको थियो । उक्त कार्यक्रममा सम्भवत नेपालमा पहिलोपटक मोवाइल एपमार्फत नै बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रम विजनेश टिभी र मकालु टेलिभिजन र युट्युबमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

\"\"

आइसिटीअवार्ड २०१६ का विजेताहरु

  • पायोनयर आइसिटी अवार्ड २०१६ -  मुनिवहादुर शाक्य
  • स्टार्टअप आइसिटी अवार्ड २०१६ विजेताहरु - सस्तो डिल, कुल ल्याब्स, एल्लो नेपाल र नेपफ्लाइट

हेर्नुहोस कार्यक्रमको पुरा भिडियो

आइसिटी अवार्ड २०१७

\"\"

पहिलो प्रोडक्ट अवार्ड प्राप्त गर्नेहरुमा परी रोबोट, एभरेष्ट काष्ट र नेपाल भिआर रहेका थिए । पायोनियर आइसिटी अवाड २०१७ शुरेश कुमार रेग्मी, पिसिएस कम्प्युटरका सस्थापक लाइ प्रदान गरिएको थियो ।

आइसिटी अवार्ड २०१७ मा अरु दुई विधाहरु थपेर ४ विभिन्न विधामा आइसिटी अवार्डको आयोजना गरिएको थियो । होटल याक एण्ड एतिमा अगष्ट १७, २०१७ मा आयोजना भएको कार्यक्रममा ४०० जनाबढिको सहभागिता रहेको थियो । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बस्नेतको प्रमुख उपस्थितीमा आयोजना भएको कार्यक्रम न्युज २४ बाट प्रत्यक्ष प्रशारण भएको थियो ।

आइसिटी अवार्ड २०१७ मा स्टार्टअप आइसिटी अवार्ड २०१७, प्रडक्ट अवार्ड २०१७, पायोनियर आइसिटी अवार्ड २०१७ र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७ गरि ४ विधाहरुमा अवार्ड भएको थियो । पिसिएस कम्प्युटरका सस्थापक शुरेश कुमार रेग्मीलाई पायोनियर आइसिटी अवाडबाट सम्मान गरिएको थियो भने अमेरिकामा रहेर हलिउड एनिमेशनको काम गर्ने किरणभक्त जोशीलाई पहिलो नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७ प्रदान गरिएको थियो । यसैगरी स्टार्टअप अवार्ड पाइला टेक्नोलोजि, बसोबास र जेफ्टवेयर सोलुसनले प्राप्त गरेका थिए । यसैगरी पहिलो प्रोडक्ट अवार्ड प्राप्त गर्नेहरुमा परी रोबोट, एभरेष्ट काष्ट र नेपाल भिआर रहेका थिए । यसैगरी मिडिया रिकग्निशन सम्मानबाट विश्वास रेग्मी, सरु ढकाल, कृष्ण रिजाल र शिब बस्नेत सम्मानित भएका थिए ।

आइसिटी अवार्ड २०१७ का विजेताहरु

  • पायोनियर आइसिटी अवाड २०१७ -  शुरेश कुमार रेग्मी, पिसिएस कम्प्युटरका सस्थापक
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७ - हलिउड एनिमेटर किरणभक्त जोशी
  • स्टार्टअप आइसिटी अवार्ड २०१७ विजेताहरु -  पाइला टेक्नोलोजि, बसोबास र जेफ्टवेयर सोलुसन
  • प्रोडक्ट आइसिटी अवार्ड २०१७ विजेताहरु -  रोबोट, एभरेष्ट काष्ट र नेपाल भिआर

हेर्नुहोस कार्यक्रमको पुरा भिडियो

आइसिटी अवार्ड २०१८

\"\"

डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०१८ नेपाल प्रहरीले प्राप्त गरेको थियो ।

तेस्रो संस्करणको आइसिटी अवार्ड अगष्ट १७, २०१८ मा होटल र्याडिसनमा आयोजना भयो । सन् २०१८ संस्करणमा आन्टरप्रेनर आइसिटी अवार्ड, डिजिटल गर्भनेन्स आइसिटी अवार्ड र जुरी मेन्सन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड गरि ४ थप विधामा अवार्ड प्रदान गरिएको थियो ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको मुख्य उपस्थितीमा आयोजना भएको कार्यक्रम विभिन्न राष्ट्रिय टेलिभिजनहरुबाट प्रत्यक्ष प्रशारण समेत भएको थियो ।  ४५० बढि व्यत्तिहरुको उपस्थितीमा भएको फिनाले कार्यक्रममा नेपाल सरकारका ३ सचिवहरु सहित विशिष्ट व्यत्तिहरुको एउटै कार्यक्रममा उपस्थिती थियो ।

आइसिटी अवार्ड २०१८ का विजेताहरु :

  • पायोनियर आइसिटी अवार्ड २०१८ - सञ्जिवराज भण्डारी, मर्कन्टाइल
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८ - हिमाल कर्माचार्य, लिपफ्रग
  • आन्टरप्रेनर आइसिटी अवाड २०१८ - विश्वास ढकाल, एफवान सफ्ट
  • स्टार्टअप आइसिटी अवार्ड २०१८ - पिपुल्स डेभलपमेन्ट ल्याब
  • प्रडक्ट आइसिटी अवार्ड २०१८ - आइ सोलुसन (दर्शनटेक)
  • जुरी मेन्सन आइसिटी अवार्ड २०१८ - सारथी
  • डिजिटल गर्भनेन्स आइसिटी अवार्ड २०१८ - नेपाल प्रहरी
  • मिडिया पर्सन आइसिटी अवार्ड २०१८ - सन्तोष न्यौपाने र गोपाल साउद

हेर्नुहोस कार्यक्रमको भिडियो


आइसिटी अवार्ड २०१९
गत वर्ष १७ अगष्ट २०१९ (साउन ३२, २०७६) मा चौथौ संस्करणको आइसिटी अवार्डको आयोजना भएको थियो । सोल्टी क्राउन प्लाजामा आयोजना भएको फिनाले ६०० सय बढि आइटी क्षेत्रका दिग्गज, उद्यमी, स्टार्टअप, आइटी शिक्षा, विश्वविद्यालय र नेपाल सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

\"\"

अवार्ड विजेताहरुमध्ये स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट विधामा राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा पनि उपलब्ध गराएको थियो ।

जेठ १ देखि जेठ ३१, २०७६ सम्म अनलाइन आवेदनको लागि समय उपलब्ध गराइएको थियो । विभिन्न ९ विधामा २०० बढिको अनलाइन आवेदन दर्ता भएको थियो । ११ जना जुरी सदस्यहरुले विभिन्न ७ चरणका छनौट प्रकृयाबाट सर्वोत्कृष्ट छानेका थिए ।

स्टार्टअप, प्रडक्ट र राइजिङ स्टुडेन्ट विधामा उत्कृष्ट ११ हुदै प्रिजेन्टेशन र स्पिड डेटिङबाट उत्कृष्ट ५ छानिएको थियो । त्यस पश्चात १५ दिन अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन भएको थियो । फिनाले कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेल, पुर्वमन्त्रीहरु महेश बस्नेत। गणेश शाह लगायतको उपस्थिती रहेको थियो ।

अवार्ड विजेताहरुमध्ये स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट विधामा राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण ऋण सुविधा पनि उपलब्ध गराएको थियो । यसैगरी अन्य सबै विजेतालाई अवार्ड, शिल्ड सहित १० लाख बराबरको इन्सुरेन्स सुविधा पनि उपलब्ध गराइएको थियो । कार्यक्रम हिमालय टेलिभिजन, युट्युब र फेसबुकबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो ।

\"\"

को को थिए आइसिटी अवार्ड २०१९ का विजेताहरु ?

  • स्टार्टअप आइसिटी अवाड २०१९ विजेता -  ई–डिजिटल नेपाल प्रा.लि
  • प्रडक्ट आइसिटी अवार्ड २०१९ विजेता - मेडिफ्लो सिस्टम एण्ड सर्भिसेस
  • स्टुडेन्ट राइजिङ आइसिटी अवार्ड २०१९ विजेता - रक्तदान
  • पायोनियर आइसिटी अवार्ड २०१९ विजेता - महावीर पुन
  • नेपाली डायस्पोरा अवार्ड २०१९ विजेता - डा. समीर मास्के
  • आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९ विजेता - अमित अग्रवाल
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९ विजेता - लोकसेवा आयोग
  • डिजिटल एजुकेशन आइसिटी अवार्ड २०१९ विजेता - नेपाल खुल्ला विश्वविद्याल
  • पब्लिक च्वाइस आइसिटी अवार्ड विजेता - किताबयात्रा


हेर्नुहोस कार्यक्रमको भिडियो