कीवर्डहरू -

पुरानो फोन किन सुस्त हुदै जान्छ ?

पुरानो फोन किन सुस्त हुदै जान्छ ?

आजको युगमा प्राय हामी सबैले स्मार्टफोनको प्रयोग गर्छौं । हामी मध्ये धेरैले कम्पनीले नयाँ फोनको मोडल निकाले पछि पुरानो मोडललाई सुस्त पारिदिन्छ भन्ने गलतफेहमी राख्ने गर्दछौँ । तर यस्तो केही पनि होइन ।

स्मार्टफोन सुस्त हुने अरु थुप्रै कारणहरु पनि हुन्छन । आज हामी फोन सुस्त हुने केही कारणहरुको बारेमा जानकारी दिदैछौं ।

स्टोरेज क्लिअर नगरेर

इन्टरनल स्टोरेजले फोन राम्ररी चल्नमा एकदमै धेरै मद्दत पु¥याउँछ। अहिलेको एपहरु धेरै स्पेस लिने खालका हुन्छन र अझै अपडेट गर्दै गएपछि स्पेस धेरै लिन थाल्छन् ।

अपडेट गरेपछि फोनमा नयाँ फिचरहरु थपिन्छन र त्यसले पनि धेरै स्टोरेज लिन्छ । पुरानो फोनहरु यो कारणले सुस्त हुदै जान्छन् । मोबाइलमा र्‍याम थोरै भएको कारणले पनि फोन सुस्त हुन्छ ।

क्याच डेटा धेरै भएर

एप उत्पादकले र्‍याममा डेटाको नक्कल सेभ गर्ने फिचर राखेको हुन्छ । यो फिचरले प्रयोगकर्तालाई पहिलेको डेटा हेर्न दिन्छ । यस्तो डेटालाई क्याच डेटा भनिन्छ ।

धेरै स्मार्टफोनलाई क्याच डेटाको प्रबन्ध गर्न आउँदैन र फोन सुस्त हुदै जान्छ । यस्तो क्याच डेटालाई बेलाबेलामा हटाइ राख्नुपर्छ ।

नचाहिने एप नहटाएर

कहिले काँही जानी न जानी हामीले नचाहिने एपहरु डाउनलोड गर्ने गर्दछौँ । यस्तो भयो भने ती एपहरुलाई अन इन्स्टल अर्थात फोनबाट हटाउने गर्नुपर्छ ।

यस्तो गर्दा फोनमा स्पेस खाली हुन्छ र धेरै र्‍याम पनि हुन्छ । फोन पनि राम्ररी चल्न थाल्छ ।