कीवर्डहरू -

नेपालमै पहिलोपटक आयोजना भएको भर्चुअल ‘टेक कन्क्लेभ’ सम्पन्न

नेपालमै पहिलोपटक आयोजना भएको भर्चुअल ‘टेक कन्क्लेभ’ सम्पन्न

‘कोड फर चेन्ज’ नेपालमै पहिलोपटक आयोजना गरेको भर्चुअल ‘टेक कन्क्लेभ’ सफलताका साथ सम्पन्न भएको छ ।

लकडाउनले प्रभावित बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ नेपालमै पहिलोपटक भर्चुअल टेक कन्क्लेभ कार्यक्रमको आयोजना गरिएको हो।

‘कोड फर चेन्ज’ विगत केहि वर्ष देखिनै प्रविधि सँग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ ।

निष्क्रिय भई बसिरहेका विद्यार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, अन्लाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न विद्यार्थीहरुले गरेका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।

यो टेक कन्क्लेभ साउन ३० गते बाट शुरु भएर ३ दिन सम्म अर्थात साउन ३२ गते सम्म संचालन भएको थियो। उक्त कार्यक्रममा टेक्सस कलेजका प्रमुख कार्यकारी भेष राज  पोख्रेलले नेपालको शैक्षिक नीतिलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका थिए भने टुटलका प्रमुख कार्यकारी शिक्षित भट्टले नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गरेका थिए ।

एडुसञ्जालका प्रमुख व्यवसाय प्रवन्धक राजन कोईरालाले सबै कुराको ज्ञान राख्नुपर्ने तथा कुनै एउटा क्षेत्रमा चाहिँ विज्ञता हासिल गर्नुपर्ने कुरामा जोड दिए ।

त्यसै गरी कार्यक्रममा आन्ट्रपेनर स्पेश, प्यानल डिस्कसन र स्पीकर सेसन जस्ता महत्वपुर्ण सेसनहरु भएका थिए भने आन्ट्रपेनर स्पेशमा प्रस्तोताहरुले आफ्नो अनुभव बाड्दै सहभागीहरुलाई चुनौतीहरुको सामना गर्दै अघि बढ्न प्रोत्साहन गरेका थिए ।

प्यानल डिस्कसनमा निजि तथा सरकारी शैक्षिक सस्थाहरु तथा यसका योजना र कार्यनिति कार्यन्वयनको बारेमा छलफल  गरिनुका साथै उधमशिलातामा कोभिड १९ ले पारेको असर र यसबाट मिलेका अवसरहरुका बारेमा समेत विश्लेषण गरिएको थियो ।

उक्त छलफलमा कोभिड १९ ले वैदेशिक शिक्षामा पारेको प्रभावहरुको बारेमा समेत वृस्तृत रुपमा छलफल गरिएको थियो र स्पीकर सेसनमा स्पीकरहरुले केन्द्रित र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधिको सम्बन्ध समेत स्पस्ट पारेका हुन् ।

साइबर सुरक्षाका चुनौतीहरु तथा सामना गर्ने उपाएहरुका बारेमा पनि वृहत छलफल भएको थियो। उक्त २० भन्दा बढी बिशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको कार्यक्रममा विभिन्न ३०० भन्दा बढी प्रत्यक्ष सहभागी रहेका थिए भने कार्यक्रम कोड फर चेन्जको आधिकारिक फेसबुक पेजबाट समेत लाईभ गरिएको थियो ।

उक्त कार्यक्रममा लकडाउनमा विद्यार्थी, विश्वविद्यालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुराहरु आएका थिए । भने उद्यमशिलता कसरी र कहाँ बाट शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र यस सँगै विभिन्न हाजिरीजवाफ, पब्जी जस्ता खेलहरु समेत खेलाईएको थियो।

हाजिरीजवाफ प्रतियोगितामा ईटहरिका सुनिल खड्का विजेता बन्दै पुरस्कार जिते भने पब्जी प्रतियोगितामा मा Crews of Destiny को Squad विजेता बन्दै पुरस्कार हात पार्न सफल भयो । त्यसैगरी काठमान्डौंका किरण कार्कीले ले उत्कृस्ट परियोजना प्रस्तुत गर्दै आइडियाथनको उपाधि तथा पुरस्कार हात पार्न सफल भए।

कार्यक्रममा सहभागिहरुलाई विभिन्न आकर्षक उपहारहरु र सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको छ । सहभागीबाट राम्रो प्रतिक्रिया आएको र आगामी वर्षहरुमा भौतिक रुपमा यस  कार्यक्रममा भएका कमि-कमजोरिहरुलाई सच्याउदै अझै उत्कृस्ट कार्यक्रम गर्ने समेत आयोजकले बताएको छ ।