कीवर्डहरू -

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा प्रकाशित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिसं २०७६ सालको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले झन्डै एकहप्ता अगाडी नै परीक्षाफल तयार गरी बोर्डको अध्यक्षलाई बुझाएको थियो ।

यसरी हेर्नुहोस् नतिजा

विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट , बोर्डको परीक्षा नियन्त्रण कार्यालयको कक्षा १० को वेबसाइट , नेपाल टेलिकम तथा एनसेलको वेबसाइट , इडियु सञ्जाल कान्तिपुर पब्लिकेशनको वेबसाइट बाट एसईईको नतिजा हेर्न सक्नेछन् ।

त्यस्तै नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० मा डायल गरेर पनि नतिजा हेर्न सकिने छ । भने एनसेल र नेपाल टेलिकमका प्रयोगकर्ताले आफ्नो एसईईको सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर पनि नतिजा हेर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस्तै ईजी सर्भिसेज प्रालिको ३४९४९ मा एसएमएस पठाएर पनि एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।