कीवर्डहरू -

एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ मार्फत बुबाको मुख हेर्ने दिनमा उपहार किन्दा छुट पाइने

एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ मार्फत बुबाको मुख हेर्ने दिनमा उपहार किन्दा छुट पाइने

एन आईसी एशिया बैँकले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

बैँकले देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो । ग्राहकहरुले उक्त दिन सामग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा छुट प्राप्त हुने बैँकले जनाएको छ ।

बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोग गर्ने ब्यत्तिहरुले सिजी डिजिटल, एलजी लाइफस्टाइल सप, होटल र्‍यार्डिसन, त्रिवेणी ग्रुप एण्ड डिग्री, केटिएम सिटी, शिद्धार्थ क्याफे, कृष्ण पाउरोटी, यको इनफिनिटी, द क्रस्ट बेकरी , हाम्रो कार्ट, हटस्टोन पिज्जेरिया, विवेन्ड ब्रेड र तातोमिठोसँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध हुने बैँकले जनाएको छ ।

ग्राहकले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मचेर्न्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने छन् ।

कोरोना महामारीले पर्ने असर मध्यनजर गर्दे बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।